काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउ वर्षमा २ पटक महँगिन्छ । एउटा असोज–कात्तिकमा, र अर्को चैत–वैशाखमा । वर्षेतरकारीको स्टक सकिँदै जाँदा र हिउँदे तरकारी आइनपुग्दा असोज–कात्तिकमा तरकारीको बजारमूल्य निकै माथि पुग्छ । हिउँदे तरकारीरित्तिदा र वर्षे तरकारी पर्याप्त रुपमा उत्पादन नहुँदा चैत–वैशाखमा पनि तरकारी महँगो हुन्छ । अरु सिजनमा भने मौसम अनुसारका सस्तोहुन्छ ।
आलु र प्याजमा भने यो अवस्था अलिक फरक छ । दुई सिजनमा उत्पादन हुने र तत्कालै उपभोग गर्न नपर्ने भएकोले यी तरकारीको मूल्यवर्षमा एकपटक मात्रै महँगिन्छ । यो मूल्य साउनपछि विस्तारै उकालो लाग्दै जान्छ भने कात्तिक अन्तिमदेखि विस्तारै घट्दै जान्छ ।
तर, यसपालि यस्तो भएन । मंसिर महिना सकिनै लाग्दा समेत आलु र प्याजको भाउ घट्ने सुरसार देखिएको छैन । आलुको भाउ तअघिल्लो वर्षभन्दा ५० प्रतिशतसम्म महँगो भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सर्भेक्षण अनुसारमंगलबार होलसेल बजारमा आलु रातोको भाउ प्रतिकेजी ६८ रुपैयाँ छ । त्यस्तै, भारतीय आलु रातोको र आलु सेतो प्रतिकेजी ६३÷६३रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्यले होलसेल बजारमै आलुको मूल्य एक धार्नीको १ सय ५० रुपैयाँ भन्दा बढी पर्न आउँछ । खुद्राबजारमा मूल्य योभन्दा पनि बढी छ ।
उता मंगलबार सुकेको भारतीय प्याजको होलसेल मूल्य १ सय ५ रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा कम भए पनि सामान्य अवस्थामाभन्दा यो मूल्य दोब्बरभन्दा बढी हो ।
किन सस्तिएन आलु–प्याज ?
यो वर्ष आलु नसस्तिनुमा भारतबाट आउने आलु प्रमुख कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलेजनाएको छ । अहिले नेपाली र भारतीय दुवै प्रकारको आलु बजारमा आपूर्ति हुन्छ । तर नेपाली आलुको मूल्य निर्धारण भारतीय आलुकोमूल्यका आधारमा हुँदै आएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले भारतीय आलुभन्दा नेपाली आलु केही महँगो राखेर व्यापारीहरुलेमूल्य निर्धारण गर्ने गरेको बताए ।
नेपाली आलु सामान्यतया भारतीय आलुभन्दा महँगो हुन्छ । उपभोक्ताले एउटै मूल्यमा पाएसम्म नेपाली आलु नै किन्ने भएकोले भारतीयआलु सस्तो हुन गएको हो,’ श्रेष्ठले भने, ‘नेपाली उत्पादनले मात्रै बजार नधान्ने भएकोले नेपालीको भन्दा कम मूल्यमा भारतीय आलुकोआपूर्ति हुने गरेको छ ।’
तर, यो वर्ष भारतीय आलुको मूल्य घटेर आएन । भारतमै आलु महँगो भएका कारण यो वर्ष मूल्य सस्तो हुन नसकेको श्रेष्ठले बताए ।यसैको प्रभावले नेपाली आलुको मूल्य समेत घट्न नसकेको उनको भनाइ छ ।
योमात्रै प्रमुख कारण भने होइन । पछिल्लो समय आलुको उत्पादन र वितरण प्रणालीमा समेत परिवर्तन भएको कारणले पनि मूल्य घट्ननसकेको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार अहिले आलु खेती हुने क्षेत्र टनेल खेतीले भरिएको छ । त्यसैले पछिल्लो समय आलुउत्पादन हुने क्षेत्रफल समेत घट्दै गएको छ ।
आलुमा भन्दा अरु खेतमा बढी नाफा देखेर किसानहरु यस्तो खेतीमा लाग्न थालेका छन् । उत्पादन क्षेत्र नै कम हुँदा नेपाली आलुकोउत्पादनमै कमी आउन समेत थालेको छ । यतिबेला काठमाडौं उपत्यकामा आपूर्ति हुने नेपाली आलुमध्ये पाँचखाल, साँखु, मुडे, नुवाकोटलगायत क्षेत्रमा उत्पादन हुन्छ । ती क्षेत्रमा अहिले टनेल खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
त्यसो त, अहिले उत्पादन हुने आलु अरु बजारमा समेत जान थालेको छ । अहिले काठमाडौं उपत्यकालाई मात्रै केन्द्रित गर्नुभन्दा भरतपुर, हेटौंडा, बीरगञ्ज, पोखरा जस्ता बजारहरुमा समेत पहाडी क्षेत्रको आलुको प्रशस्त आपूर्ति हुन थालेको छ । यसले गर्दा पनि काठमाडौंउपत्यकामा आपूर्ति हुने यस्ता तरकारीहरु महँगो भएका हुन् ।
उता, प्याजमा भने नेपाली बजार अधिकांश भारतीय र चिनियाँ बजारमै निर्भर छ । तर, भारतले अहिलेसम्म पनि प्याजको निकासीप्रतिबन्ध लगाइराखेको छ । भारतीय बजारबाट सहज रुपमा प्याजको आपूर्ति हुन नसक्दा नेपाली र चिनियाँ बजारको माग धान्नुपर्नेअवस्था छ । सोही कारण यो प्याजको मूल्य पनि अपेक्षित रुपमा घट्न सकेको छैन । यद्यपि अहिले कारोबार भइरहेको मूल्य अघिल्लोवर्षको भन्दा निकै कम रहेको समितिको तथ्यांक छ ।
हिउँदे तरकारी सस्तिँदै
बजारमा हिउँदे तरकारी भने दिनप्रतिदिन सस्तो हुँदै गएको छ । अहिले काउली स्थानीय ३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैकाउली तराई २५ रुपैयाँ, लोकल बन्द ३५ रुपैयाँ, मूला १२ रुपैयाँमा कारोबार भइरहेको छ । यी मूल्यहरु अघिल्लो वर्षको सोहीअवधिको तुलनामा सस्तो हो ।
यो वर्ष कालीमाटी बजारबाट बिक्री हुने तरकारीको परिमाण घटेको छ । अघिल्लो वर्ष ८ सय ५० टनको हाराहारीमा बिक्री हुने तरकारीयो वर्ष ६ सय टनमा सीमित रहेको बताइएको छ । उपत्यकामा अन्य बजारहरु व्यवस्थित हुँदै जाँदा र किसानले समेत सीधै तिनै बजारमाबिक्री गर्ने प्रवृत्ति बढ्दै जाँदा कालीमाटीमाथिको निर्भरता घट्दै गएको हुनसक्ने समितिले जनाएको छ ।