पाल्पा । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिकसामाग्रीहरु र विद्यालय पोषाक वितरण गरेको छ । सोमबार तिनाउँ गाउँपालिकाको वडा नं. १ कचलका २ विद्यालयहरुमा शैक्षिकसामाग्रीहरु र विद्यालय पोषाक वितरण गरिएको थियो ।
तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीमगरले गरिवीका कारण विद्यालय छोड्ने दरलाई घटाउन मुख्यमन्त्री ग्रामिणविकास कार्यक्रमको सहयोगमा गाउपालिकाले शैक्षिक सामाग्री र विद्यालय पोषाक वितरण गरिएको जानकारी दिनुभयो । “विपन्नपरिवारका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि हस्तान्तरण, सीप विकास, आयआर्जनमा सामाजिक संरक्षण मार्फत जीवनस्तरउकास्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोषाक, दिवा खाजा र अभिभावकलाई स्वास्थ्य वीमा गरिएको छ ।”
गाउँपालिका अध्यक्ष घर्तीमगरले भन्नुभयो, “विद्यालय भर्ना नभएका वालवालिकाहरुलाई विद्यालय सम्म पुर्याउन र विद्यालय गएका वालवालिकाहरुलाईविद्यालयमा टिकाउन सहयोग गरेका छौं ।”
वडा नं. १ कचलको झिंगामारा र ठूलीउदाङका सिद्ध आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय सहित वडा नं. १ र ६ का ४ सयविद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा १ सय ८० जना विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमकीसहजकर्ता गीता कुमारी भट्राईले जानकारी दिनुभयो । तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले शिक्षामा सहयोग र टेवापुर्याउदै रोजगारी सृजन ागर्न समेत कार्यक्रम फलदायी रहेको बताउनुभयो । तिनाउ १ कचलका वडा सदस्य अमर तरामु मगरले १ सयविद्यार्थीका अभिभावकको स्वास्थ्य वीमाले गरिवी निवारणमा टेवा पुर्याएको बताउनुभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…