तीनकुने पुल नयाँ प्रक्रियाबाट निर्माण गरिँदै

काठमाडौँ। लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको निर्माणमा संलग्न कम्पनी पप्पुकन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो

अब १५/२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको समयानुसार बजार भाउबढ्दा पहिलेभन्दा बजेट बढ्नेछ पुलडिजाइन एण्ड बिल्डका आधारमा बनाउन शुरु भएको थियो आयोजनाका प्रमुख गुरुअधिकारीले भन्नुभयो, “पहिलेजस्तै बन्छ,  लम्बाई, चौडाइ केही पनि परिवर्तन हुँदैन

सरकारले कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैङ्कको जमानत फिर्ता लिइसकेको कार्यसम्पादन जमानतमार्फतराखिने पाँच प्रतिशत रकम सरकारको खातामा ल्याइएको हो   मोबीलाइजेशन कम्पनीलाई उपलब्ध गराएकामा त्यो फिर्ता भएको कम्पनीले बीचमा काम छाडेकाले बाँकी काम कति त्यो कामको अहिलेको मूल्यमा २५ प्रतिशत सरकारी बाँकी सरह असुल गरिनेछ उहाँले भन्नुभयो, “त्यो अहिलेको मूल्यको हिसाबले छसात करोड हुनेछ

नयाँ ठेक्का सम्झौतामा गएपछि बनाउन करिब तीन वर्ष लाग्नेछ पुलको निर्माणमा ढिलाइ भएको भएका काम गुणस्तरीय नभएरसरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सक्नेगरी ठेक्का सम्झौता गरेको थियो

सडक विभागले केही समय पहिले पुरानो ठेक्काको मूल्याङ्कन गरेको थियो कम्पनीले चार जग (फाउण्डेशन) बनाएकोमा एउटा मात्रैस्वीकार गर्न सकिने पाइएको थियो निर्मितमध्ये प्राविधिक रुपमा समस्या देखिएका संरचना भत्काउनेसम्मको खर्च कम्पनीलेनै बेहोर्नुपर्नेव्यवस्था आयोजनाले विसं २०७१ मा सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल बनाउन सम्झौता गरेको थियो मुख्यसडकका दायाँबायाँ दुईदुई पुल बनाउन एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएरप्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढेको थिएन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि उक्त पुल निर्माणमा भएको ढिलाईमा चासो देखाउँदै छलफलसहित स्थलगत निरीक्षणगरी गत साउनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणमा भएका त्रुटि सच्याउन निर्देशन दिएको थियो प्राविधिकत्रुटि पाइएपछि सरकारले गत वर्ष भदौ ३१ मा बनेको संरचना भत्काएर नयाँ बनाउन भनेको थियो विभागले गत वर्ष असोज १३ माठेक्का अन्त्य गर्ने सूचना प्रकाशन गरयो त्यसपछि विभागले मङ्सिर मा ठेक्का तोडेपछि कम्पनीले निषेधाज्ञा (कालोसूची) फिर्ता मध्यस्थ नियुक्तिको माग गर्दै मुद्दा दायर गरयो कम्पनीले उच्च अदालतमा दुई काठमाडौँ जिल्ला अदालतमा दुई मुद्दा हाले पनि सबैखारेज भयो कोभिड१९ को सङ्क्रमणकै समयमा विभागले कम्पनीलाई कालोसूचीमा राख्यो जुन सन् २०२३ को फेब्रुअरीसम्म रहनेछ

रु २१ करोड ३३ हजार बजेटमा बनाउने गरी ठेक्का भएको थियो नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्क एन्ड ब्रिज) प्रविधिबाट सोपुल निर्माण गर्ने सम्झौता भएको थियो अरू सामान्य पुलमा तल्लो भागमा भार भएपनि यसमा माथिल्लो भागमा पर्नेछ बढी लगानीभए पनि अरूभन्दा टिकाउ हुन्छ शहरी क्षेत्रको सुन्दरता बढाउन अरू देशका शहरी क्षेत्रमा सो प्रविधिको पुल बनाउने गरिन्छ एक दशकपहिले माइतीघरदेखि सूर्यविनायकसम्मको सडक लेनको भए पनि यी दुई पुल चार लेन थियो भक्तपुरतर्फ जाने सडकमामाइतीघरबाटै सडक जाम हुने भएकाले त्यो कम गर्न नयाँ पुल विस्तार गर्न लागिएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago