चितवन। कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको एउटै शव लिएर चार सयसम्ममलामी आउने गरेका छन्

देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन आग्रह गरिरहेको भए पनि त्यसको बेवस्थागर्दै आफू स्थानीयवासीलाई जोखिममा पारेर मलामी आउने गरेका हुन् समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शनिबार एकैदिन २० वटा शव अन्त्येष्टिका लागि ल्याइएको थियो उहाँले भन्नुभयोदिउँसो बजेतिर शव लैजाँदै गर्दा किनारमा ट्राफिक जाम समेतभएको थियो

मलामीको सङ्ख्या अत्यधिक बढेपछि स्वयं सहभागी स्थानीयवासीसहित अन्य पनि त्रसित भएको उहाँको भनाइ पौडेललेभन्नुभयो, “हामीले निरन्तर सूचना जारी गरेर कम मलामी ल्याउन आग्रह गरिरहेका छौंँ तर कसैले पनि टेरेको देखिएन मलामीदुःखमा सहभागी हुन जाने मानवीय संवेदनासँग जोडिएको विषय भएकाले रोकतोक कारवाही व्यवहारिक नहुने भन्दै उहाँले स्वयंमलामीमा जानेहरुले बुझिदिनुपर्ने बताउनुभयो

फोटो फाईल

देवघाटमा वृद्धवृद्धा, अशक्त, अपाङ्गजस्ता कोरोनाको अति जोखिममा परेका व्यक्तिको बसोबास रहेको क्षेत्र भएकाले सकभर कमभन्दा कम मलामी आएर सहयोग गरिदिन आग्रह गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताउनुभयो उहाँका अनुसार दाहसंस्कार क्षेत्रमा निरन्तर माइकिङ गरिएको सामाजिक सञ्जाललगायत माध्यमको प्रयोग गरी सूचनासमेत जारीभइरहेको

धेरै मलामी जाने उनीहरु देवघाटको पुल, वृद्धाश्रम क्षेत्र, मठमन्दिर, पार्कमा घुमफिर गर्ने हुँदा जोखिम बढेको उहाँको भनाइ घिमिरेले भन्नुभयो, “यो मानवीय संवेदनासँग जोडिएको विषय भएकाले कानूनी कारवाही भन्दा पनि स्वयंले विवेक पु¥याउनुपर्ने विषय हो

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पटकपटक सूचना जारी गरेर अनुरोध गर्ने काम भइरहेको बताउनुभयो स्थानीय प्रशासनलेछिट्टै मलामी जानेकाहरुका लागि मात्रै नयाँ नियम लागू गराउने उहाँले जानकारी दिनुभयो अन्तिम श्रद्धाञ्जलिका लागि सहभागी हुनधेरैलाई चाहना हुने भए पनि अहिलेको परिस्थितिलाई बुझेर सहभागी भइदिनुपर्ने शर्माको भनाइ

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ देवघाटमा अन्त्येष्टि गरिएमामोक्षप्राप्ति हुने जनविश्वास

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago