सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । २९ हजार ५०० किलोग्राम आलुको बिउ वितरण गरिएको हो ।
पालिकाले आलुमा आत्म निर्भर हुनको लागि यस वर्ष १८ लाख रुपिया भन्दा बढीको आलुको बिउ खरिद गरि कृषकलाई ५०% अनुदानमा वितरण गरेको हो । गाउँपालिकाले प्रति किलो ६१ रुपियामा खरिद गरि साढे तीस रुपियामा किसानलाई वितरण गरेको हो ।गाउँपालिकाले गठन गरेको बिउ बिजन खरिद तथा वितरण समिति मार्फत पाँच वटै वडा कार्यालयबाट बिउ वितरण गरिएको समितिका सदस्य एवम रम्भा गाउँपालिका प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानाले बताए ।
यस वर्ष रम्भा गाउँपालिकाको वडा नं. १ हुँगीमा ११००० केजी, वडा नं. २ फोक्सिङ्गकोटमा ४५०० केजी तथा वडा नं. ३ पिपलडाँडामा ४५०० केजी आलुको बिउ किसानहरुलाई वितरण गरिएको छ । यसैगरि वडा नं. ४ हुमीनमा ४५०० केजी तथा वडा नं ५ ताहुँमा ५००० केजी आलुको बिउ वितरण गरिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…