नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न

लण्डन। नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपालीराजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदानगरिरहेको बताउनुभयो उहाँले नेपाल सरकारले अघि सारेकोसमृद्ध नेपाल, सुखी नेपालीको अभियान संयुक्त राष्ट्रसङ्घको दिगोविकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्णहुने बताउनुभयो।

सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलेनेपालको विकासका लागि आर्थिक कुटनीतिसम्बन्धमा प्रकाश पार्नुभएको थियो यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा पदम सिम्खडालेनेपाली आप्रवासीकामदारको स्वास्थ तथा हितका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा कृष्णप्रसादअधिकारीलेनेपालका सामुदायिक  सङ्घ संस्थाहरुका कार्य त्यसको स्थानीय सरकारसँगको सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुतगर्नुभएको  थियो सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा पुनम यादवलेतथ्याङलाई लिङ्गको आधारमाछुट्याउन किन आवश्यक ?’ भन्ने विषयमा प्रस्तुति गर्नुभएको थियो

यस्तै क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा बच्चुकैलाश कैनीलेनेपालमा स्वास्थ्यक्षेत्रको विकासका बारेमा कार्यपत्र प्रस्तुत  गर्नुभएको  थियो बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमाकार्यरत डा वीरेन्द्र श्रेष्ठलेकाठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभवसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा भाष्कर अधिकारीलेनेपालको विकासमावनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सम्मेलनमा बेलायतका दुई प्रतिष्ठित अक्सफोर्ड हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा सूर्यप्रसादसुवेदीलाई राजदूत डा सुवेदीले अभिनन्दन गर्नुभएको थियो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago