लकडाउनमा अन्य अपराध शून्यमा झर्दा बैंकिङ कसुर आधा मात्र कम

काठमाडौंका दुई व्यापारीले बैंकिङ क्षेत्रमा लगानी गरे तर, केही समयपछि दुईबीच विवाद चल्यो संयुक्त कारोबार अगाडि बढ्ननसक्ने देखिएपछि दुवैले छुट्टिने निष्कर्ष निकाले कम्पनीको भागबन्डा भयो, एकजनाको भागमा करोड रुपैयाँ ¥यो उनी चेक साट्नबैंक पुग्दा खाता रित्तो भएको जानकारी पाए , बैंकिङ कसुरमा उजुरी लिएर महानगरीय प्रहरी परिसर, काठमाडौं पुगे

काठमाडौंकै एक स्थापित घरजग्गा कारोबारीले नक्सालका सुजित महर्जन (नाम परिर्वतन)लाई व्यावसायिक साझेदार बनाउने प्रस्तावराखे दुईबीच नाफाघाटाको हिसाब निकै दिन चल्यो अन्ततः सुजित साझेदार बन्न राजी भए त्यसका लागि उनले नक्सालकोपुख्र्यौली आठ आना जग्गा ती व्यापारीको नाममा दृष्टिबन्धक राखे तर, साझेदार बनाउने व्यापारीको पूर्ववचन पूरा भएन निकै दिनकोविवादपछि व्यापारीले सुजितको नाममा तीन करोड ५० लाख रुपैयाँको चेक काटे दंग परेर बैंक पुगेका सुजितको खुसी क्षणभर पनिटिकेन किनकि, ती व्यापारीको बैंक खाता रित्तो थियो

मदिरा उद्योगका दुई स्थापित व्यापारीबीच सेयरको विषयलाई लिएर विवाद सुरु भयो साझेदारमध्ये एकजनाले झमेलाबाट उम्किन नैउत्तम सम्झे सेयरबापत केही अचल जेथा लिए चल सम्पत्तिका रूपमा भने एक करोड ५० लाख रुपैयाँको चेक बुझे तर, जब उनीबैंक पुगे, चेक बाउन्स भयो

महानगरीय प्रहरी परिसर, काठमाडौंमा लकडाउनयता दर्ता भएका चेक बाउन्सका केही घटना हुन् यी परिसरका अनुसार बैंकिङअपराधसम्बन्धी यस्ता उजुरी दैनिक २० देखि २५ का दरले आइरहेका छन् दर्ता हुने जाहेरीमा रकम सरदर एक करोड रुपैयाँभन्दा बढीहुन्छ एउटै जाहेरी करोड रुपैयाँभन्दा बढीको पनि हुने परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर बताउँछन्

चेक बाउन्सका जाहेरी बढेका छन् कति छलफलपछि मिलेर जान्छन् नमिल्नेको मुद्दा दर्ता हुन्छ,’ एसपी राठौर भन्छन्, ‘लकडाउनकोवेला यस्ता अपराध झनै बढेका छन् प्रहरीको ५० प्रतिशत शक्ति यही अपराध अनुसन्धानमा खर्च हुँदै आएको

परिसरको तथ्यांकअनुसार लकडाउनयताका महिनामा चेक बाउन्सका मात्रै दुई सय ५२ वटा उजुरी दर्ता भएका छन् तीमध्ये एक सय८५ वटामा मुद्दा दर्ता गरिएको एसपी राठौरको भनाइमा सबै उजुरीका जाहेरीकर्ता वास्तविक पीडित भने हुँदैनन्

हामीकहाँ दैनिक सरदर २५ वटा जाहेरी आउँछन् तर, सबैमा मुद्दा दर्ता हुँदैन यस्ता जाहेरी फौजदारीभन्दा पनि देवानी प्रकृति हुन्छन्, जसको उद्देश्य पीडितले राहत पाउनुसँग जोडिन्छ,’ उनी भन्छन्, ‘प्रहरीको काम पनि त्यही नै हो त्यसो हुँदा पहिले दुई पक्षलाई छलफलगरेर मिलाउनूस् भन्छौँ नमिलेको खण्डमा मात्रै मुद्दा चलाउँछौँ जाहेरीको अनुपातमा मुद्दा दर्ता कम हुनको खास कारण यही हो

५० प्रतिशत जाहेरीमा मात्र वास्तविक पीडित

चेक बाउन्सलाई कानुनले बैंकिङ कसुर मानेको , यसमा ठगी मुद्दा आकर्षित हुन्छ काठमाडौं परिसरमा दर्ता हुने अधिकांश मुद्दाचेक बाउन्ससँगै सम्बन्धित छन् तर, दर्ता मुद्दाका सबै पीडित वास्तविक हुँदैनन् आपराधिक समूहले धम्क्याउँदै जबरजस्ती चेक बनाउनलगाएको सोही चेक प्रहरीमा दर्ता भएका पनि हुन्छन् दर्तामध्ये ५० प्रतिशत मुद्दाका पीडित मात्रै वास्तविक हुन्छन्,’ एसपी राठौरभन्छन्

यस्ता घटना गहिरिएर हेर्नुपर्ने उनी बताउँछन् कतिले कानुनको दुरुपयोग गरेका हुन्छन् खासगरी, आपराधिक पृष्ठभूमिका व्यक्तिहरूयसमा संलग्न भएको देखिएको ,’ एसपी राठौर भन्छन्, ‘उनीहरूले जबर्जस्ती चेक बनाउन लगाउँछन् अनि त्यही चेक बाउन्स गराउँछन् प्रहरीमा उजुरी गर्छन् हामीकहाँ परेकामध्ये ५० प्रतिशत जाहेरी यस्ता खालका छन्

आपराधिक समूहको चलखेल हुने भएकाले ठूलो परिणामका चेक बाउन्समा भने प्रहरीले सम्पत्तिको स्रोतसमेत खोज्ने गरेको स्रोतखुल्ने किसिमको उजुरीमा मात्र प्रहरीले मुद्दा दर्ता गर्छ अन्यथा जाहेरी नै दर्ता हुँदैन

लकडाउनले छेकेन बैंकिङ कसुरका अपराध

काठमाडौं परिसरको तथ्यांक केलाउँदा लकडाउन अवधिमा कतिपय अपराध शून्यमा झरेको देखिन्छ तर, बैंकिङ कसुरका उजुरी दर्ता५० प्रतिशत मात्र कम चोरी, डकैती लुटपाटका अपराध लकडाउनमा निकै कम भए तर, बैंकिङ कसुरलाई लकडाउनले छेकेन

जस्तो लकडाउनअघिका महिनामा बैंकिङ कसुरसम्बन्धी तीन सय ६० वटा मुद्दा प्रहरीले दर्ता गरेको थियो लकडाउनयताका महिनामा एक सय ८५ वटा मुद्दा दर्ता भएका छन् लकडाउनअघिको महिनाको तुलनामा यो ५० दशमलव ९६ प्रतिशतले मात्रै कम हो

लकडाउनपछि सबै ठप्प भयो अपराध पनि कम भयो तर, बैंकिङ कसुरको अपराध कम भएन,’ एसपी राठौर भन्छन्, ‘लकडाउनअवधिमा पीडित पैदलै पनि प्रहरी कार्यालय पुगे जाहेरी दर्ता गरे यस अवधिमा दर्ता भएका मुद्दाले यही पुष्टि गर्छन्

के हो बैंकिङ अपराध ?

बैंकिङ कसुर तथा सजाय ऐन ०७३ को परिच्छेद अनुसार अनधिकृत रूपमा रकम निकाल्ने वा भुक्तानी दिने, अनधिकृत रूपमा खाताखोल्ने, विद्युतीय माध्यम प्रयोग गरी भुक्तानी लिने वा दिने, अनधिकृत रूपमा कर्जा लिने वा दिने विषय यस अपराधमा पर्छन् यस्तै, कर्जा, बैंकिङ स्रोत, साधन सम्पत्ति दुरुपयोग, कागजात वा बहीखाता सच्याई किर्ते वा जालसाजी, बढी, कम वा गलत मूल्यांकन तथावित्तीय विवरण तयार गर्ने, अनियमित आर्थिक तथा वित्तीय कारोबार पनि बैंकिङ कसुरअन्तर्गत पर्छन्

(नयां पत्रिकाबाट साभार)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago