प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० हुँदै ।

जापान, अक्टोबर ९ । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० पुन:गर्ने भएको छ । आउँदो नोभेम्वर २९ तारिख आईतवार जापान भरिको खेलप्रेमीहरुलाई समेटेर प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको हो ।

यसअघि मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको थियो । प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा प्रथम हुनेलाई कप,रनिङ कपको साथै नगद ५ लाख येन पुरस्कार दिने घोषणा गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । साथै दोस्रो हुनेलाई २ लाख र कप,सेमि फाईनालिसटलाई कप,फायर प्ले टिम कप ,वेस्ट प्लेअर कप ,हाई स्कोर कप ,वेस्ट स्टिकिअर कप ,प्ले अफ द लिगललाई पनि कप दिने जनाएको छ । जापानको टोकियो नजिकको शहर साईतामामा हुने उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातु सन्देश डट कटले मिडिया सपोर्ट गरेको छ ।

उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा सहभागि हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।साथै टिम दर्ताको अन्तिम मिती 2020/11/15 तारिक रहेको हुँदा सम्पूर्ण सहभागि टिमलाई समयमै आफ्नो टिम दर्ता गरी आफ्नो ठाउँ सुरक्षित गर्नको लागि NRNA कान्तोका अध्यक्ष राकेश रुम्बाले अपिल गर्नुभएको छ । टिम दर्ताको रकम फुरिगोमी गरिसके पछी NRNA कान्तोका कोषाध्यक्ष सागर कार्की लाई सम्पर्क गरी जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्नुभएको छ

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago