प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० हुँदै ।

जापान, अक्टोबर ९ । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० पुन:गर्ने भएको छ । आउँदो नोभेम्वर २९ तारिख आईतवार जापान भरिको खेलप्रेमीहरुलाई समेटेर प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको हो ।

यसअघि मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको थियो । प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा प्रथम हुनेलाई कप,रनिङ कपको साथै नगद ५ लाख येन पुरस्कार दिने घोषणा गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । साथै दोस्रो हुनेलाई २ लाख र कप,सेमि फाईनालिसटलाई कप,फायर प्ले टिम कप ,वेस्ट प्लेअर कप ,हाई स्कोर कप ,वेस्ट स्टिकिअर कप ,प्ले अफ द लिगललाई पनि कप दिने जनाएको छ । जापानको टोकियो नजिकको शहर साईतामामा हुने उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातु सन्देश डट कटले मिडिया सपोर्ट गरेको छ ।

उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा सहभागि हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।साथै टिम दर्ताको अन्तिम मिती 2020/11/15 तारिक रहेको हुँदा सम्पूर्ण सहभागि टिमलाई समयमै आफ्नो टिम दर्ता गरी आफ्नो ठाउँ सुरक्षित गर्नको लागि NRNA कान्तोका अध्यक्ष राकेश रुम्बाले अपिल गर्नुभएको छ । टिम दर्ताको रकम फुरिगोमी गरिसके पछी NRNA कान्तोका कोषाध्यक्ष सागर कार्की लाई सम्पर्क गरी जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्नुभएको छ

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago