प्रहरी कार्यालय बाट मानव अधिकार साथै आत्महत्या निरूतसाहन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन ।

पाल्पा । पाल्पा जिल्ला प्रहरी कार्यालय पाल्पाले नेपाल प्रहरी बार्षिक कार्ययाेजना अनुसार मानव अधिकार सम्बन्धि तालिमका साथै आत्महत्या निरूतसाहन सम्बन्धि जनचेतनामुलक कार्यक्रम कर्मचारीहरूलाई दिएको छ ।

प्रहरी कर्मचारीहरू कार्य सम्पादनकाे सिलसिलामा मानवअधिकारकाे संरक्षण तर्फ विशेष सचेत र सजग गराउने अभिप्रायले २१ र २२ गते जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीहरूलाई मानवअधिकार सम्बन्धि तालिम प्रदान गरेकाे प्रहरी प्रवक्ता मदन गिरीले बताउनु भयाे । त्यस्तै पछिल्लो समयमा आत्महत्याका  घटनाहरू बढिरहेको बेला जिल्ला प्रहरी कार्यालय पाल्पाले आत्महत्या  निरूसाहित गर्न  जनचेतनामुलक कार्यक्रम शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मदन गिरीका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन नगरपालिका लगाएत अन्य पालिकाहरूका विभिन्न वडाका स्थानीय जनप्रतिनिधि भद्र भलामहरूलाई समेत आत्महत्या ,राेकथाम,नियन्त्रण तथा कानुनी कार्वाहीहरूकाे बारे अन्तरकृया कार्यक्रम गरि समुदायमा सचेतना फैलाउने कार्य भइरहेको बताउनु भयाे । सचेतना फैलाउने कार्य असाेज १६ गते देखि शुरू भएको र याे अभियान १५ दिन सम्म चल्ने पनि सुचना अधिकारी गिरीले गाेर्खाली भ्वाइसकाे कुराकानी बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago