पाल्पामा कोरोना ल्याब परिक्षण शुरू

सन्ताेष गहतराज ,पाल्पा ।  पाल्पा जिल्लामा  कोरोना ल्याब परिक्षण बिहिबार देखि संचालनमा आएको छ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो समयमा नेपाल पनि अछुतो रहन सकेकाे छैन । जसका बाबजुद स्वाब परिक्षण पश्चात् पनि तत्काल आउनुपर्ने परिक्षणको रिपोर्ट लामो समय हुँदा पनि नआउने र स्वाब परिक्षणको लागि विभिन्न प्रयोगशाला धाउनुपर्ने समस्याबाट छुटकारा पाउने भएको छ- पाल्पा जिल्लाले पनि।

बिहीबार देखि पाल्पामा विधिवत् रुपमा कोरोना ल्याब परिक्षण संचालनमा आएको जानकारी जिल्ला अस्पताल,पाल्पाका अध्यक्ष नेत्र प्रसाद पाण्डेले दिनुभयो । कोरोना परिक्षण प्रयोगशाला पाल्पाको तानसेन नगरपालिका काजिपौवामा स्थापना गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । साथै परिक्षणको लागि नाम दर्ता बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म हुने र फोन सम्पर्कद्वाराबाट पनि दर्ता गरिने सूचनामा उल्लेख रहेको छ। भने स्वाब परिक्षण १२ बजे देखि २ बजेसम्म हुने सूचनामा रहेकोछ।

भने पिसिआरको लागि प्रतिव्यक्ति रु. २००० लाग्ने जनाइएको छ। साथै कोरोना परिक्षणको लागि नगरपालिका /गाउँपालिका अन्तर्गतको स्वास्थ्य कार्यालयको सिफारिस अनिवार्य हुनुपर्ने पनि सूचनामा उल्लेख रहेको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago