पाल्पा । नेपाली काङ्ग्रेस पाल्पाले १ सय ७ औ बीपी जयन्तीको अवसरमा तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरेको छ । पुस्तकालयकाे उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले अध्ययनले नेतृत्वलाई परिमार्जित गरेको उदाहरण बीपी कोइरला भएकाले अध्ययन गर्न जरुरी रहेको र पुस्तकालयले आम पाठकहरुवर्गहरुलाई वैचारिक वहस गर्न सक्ने क्षमताको विकास गर्न महत्वपूर्ण टेवा पुग्ने बताए । उनले बीपी अध्ययन गर्ने बानीकै कारण पार्टीको शाख अहिलेसम्म जिवन्त रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति ठाकुर चन्द्र वि.प्रले वैचारिक ज्ञान आर्जनका लागि पुस्तकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले बीपी अध्ययशिल भएकै कारण उनलाई बहुआयमिक व्यक्तित्वका रुपमा लिइने गरिएको बताउदै प्रजातन्त्र र राष्ट्रियताको जर्गेना गर्ने सवालमा बीपीले कोही कसैसँग सम्झौता नगरेको बताए ।
पार्टी जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले पुस्तकको अध्ययन गरी कार्यकर्तालाई बौद्धिक र क्षमतावान बनाउने उद्देश्यले पुस्तकालयको स्थापना गरिएको बताए । उनले विपीलाई वर्षमा दुईदिन मात्र होइन सधै सम्झने वातावरण कार्यकर्ताले बनाउनुपर्नेमा जोड दिए । सभापति रानाले बीपी सधैव विधिको शासन सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका पक्षधर रहेकाले आज पनि उनको विचार सान्र्दभिक रहेको बताए ।
उनले भने‘ बीपीलाई स्मरण गर्दा कार्यकर्ता बिच भएका कमीकमजोरीलाई समिक्षा गर्न जरुरी छ ।’ कार्यक्रममा पाटीं सचिव अजयमान कर्मचार्यले मानिसको क्षमता विकासका लागि बैचारिकता आवश्यक पर्ने भएकाले पुस्तकालयले त्यस्तो बैचारिक वहसका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…