पाल्पा । नेपाली काङ्ग्रेस पाल्पाले १ सय ७ औ बीपी जयन्तीको अवसरमा तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरेको छ । पुस्तकालयकाे उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले अध्ययनले नेतृत्वलाई परिमार्जित गरेको उदाहरण बीपी कोइरला भएकाले अध्ययन गर्न जरुरी रहेको र पुस्तकालयले आम पाठकहरुवर्गहरुलाई वैचारिक वहस गर्न सक्ने क्षमताको विकास गर्न महत्वपूर्ण टेवा पुग्ने बताए । उनले बीपी अध्ययन गर्ने बानीकै कारण पार्टीको शाख अहिलेसम्म जिवन्त रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति ठाकुर चन्द्र वि.प्रले वैचारिक ज्ञान आर्जनका लागि पुस्तकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले बीपी अध्ययशिल भएकै कारण उनलाई बहुआयमिक व्यक्तित्वका रुपमा लिइने गरिएको बताउदै प्रजातन्त्र र राष्ट्रियताको जर्गेना गर्ने सवालमा बीपीले कोही कसैसँग सम्झौता नगरेको बताए ।
पार्टी जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले पुस्तकको अध्ययन गरी कार्यकर्तालाई बौद्धिक र क्षमतावान बनाउने उद्देश्यले पुस्तकालयको स्थापना गरिएको बताए । उनले विपीलाई वर्षमा दुईदिन मात्र होइन सधै सम्झने वातावरण कार्यकर्ताले बनाउनुपर्नेमा जोड दिए । सभापति रानाले बीपी सधैव विधिको शासन सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका पक्षधर रहेकाले आज पनि उनको विचार सान्र्दभिक रहेको बताए ।
उनले भने‘ बीपीलाई स्मरण गर्दा कार्यकर्ता बिच भएका कमीकमजोरीलाई समिक्षा गर्न जरुरी छ ।’ कार्यक्रममा पाटीं सचिव अजयमान कर्मचार्यले मानिसको क्षमता विकासका लागि बैचारिकता आवश्यक पर्ने भएकाले पुस्तकालयले त्यस्तो बैचारिक वहसका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…