टोकियो । कोरोना भाइरसको कारणले आम्दानी घटेका घरपरिवारलाई जापान सरकारले दिंदै आएको बिना ब्याज ऋण प्रणालीको दुरुपयोग गरेको आरोपमा २ नेपालीहरु पक्राउ परेका छन् ।
कल्याणकारी कोषमा आधारित ऋण प्रणालीबाट फर्जी विवरण बुझाई ४ लाख येन लिएको विषयमा उनीहरु पक्राउमा परेका हुन । पक्राउ पर्नेहरुमा रेष्टुरेन्ट संचालक ३४ बर्षिय काफ्ले र अर्का एकजना रेस्टुरेन्टका कर्मचारी ४४ बर्षिय रेग्मी रहेका छन् ।
आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको अनुसन्धानको क्रममा आरोपित उनीहरुले नक्कली कागजात तयार पारि जापान सरकारले साना तथा मझौला व्यवसायहरुलाई दिएको २० लाख येन अनुदान पनि लिएका हुन कि भन्ने शंकामा थप अनुसन्धान भइरहेको सान्केइ शिन्बुनको अनलाइन संस्करणमा खबर छ ।
उनीहरुले यही बर्षको जुन महिनामा आफ्नो आम्दानी घटेको भनि सिन्जुकु कु मा रहेको समाज कल्याण परिषदको कार्यालयबाट ऋण लिएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…