झुटो विवरण पेश गरि ऋण लिंदा जापानमा २ नेपाली पक्राउ

टोकियो । कोरोना भाइरसको कारणले आम्दानी घटेका घरपरिवारलाई जापान सरकारले दिंदै आएको बिना ब्याज ऋण प्रणालीको दुरुपयोग गरेको आरोपमा २ नेपालीहरु पक्राउ परेका छन् ।

कल्याणकारी कोषमा आधारित ऋण प्रणालीबाट फर्जी विवरण बुझाई ४ लाख येन लिएको विषयमा उनीहरु पक्राउमा परेका हुन । पक्राउ पर्नेहरुमा रेष्टुरेन्ट संचालक ३४ बर्षिय  काफ्ले र अर्का एकजना रेस्टुरेन्टका कर्मचारी ४४ बर्षिय  रेग्मी रहेका छन् ।

आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको अनुसन्धानको क्रममा आरोपित उनीहरुले नक्कली कागजात तयार पारि जापान सरकारले साना तथा मझौला व्यवसायहरुलाई दिएको २० लाख येन अनुदान पनि लिएका हुन कि भन्ने शंकामा थप अनुसन्धान भइरहेको सान्केइ शिन्बुनको अनलाइन संस्करणमा खबर छ ।

उनीहरुले यही बर्षको जुन महिनामा आफ्नो आम्दानी घटेको भनि सिन्जुकु कु मा रहेको समाज कल्याण परिषदको कार्यालयबाट ऋण लिएका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago