बोहोराफाँट समाज जापानद्वारा ढोरपाटनका बाढी पीडितलाई रु २ लाख १० हजार सहयोग ।

थम्मन थापा बागलुङ भदौ २४ ।  भदौ १७ गते राती भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ । बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै बाहर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरुका लागि राहत रकम तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ ।


बाढीले क्षतिग्रस्त ढाेरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोबाङको स्थलगत अवलोकन गरि बोहोराफाट समाज जापान गलकोटले बाढी पीडित नागरिकहरुको लागि राहत स्वरुप नगद रु २ लाख १० हजार रकम ढाेरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली सहित सम्बन्धित वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य बेल बहादुर बोहोराले जानकारी दिनुभयो ।

जापानमा रहेका बोहोराफाँटबासी नागरिकहरुको सक्रियतामा उक्त रकम ढोरपाटन स्थित बाढी पीडितका लागि संकलन गरी सहयोग गरिएको बोहोराफाँट समाज जापानका अध्यक्ष लक्ष्मण बोहोराले जानकारी दिनुभयो । विपतमा मानवीय सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ ३ वर्ष पहिले जापानमा स्थापना भएको समाजले छोटो समयमा थुप्रै सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको समाजका सचिव पवन बोहोराले बताउनु भयो ।

गलकोट नगरपालिका वडा नं ३ हटिया बोहोराफाँटबाट वैदेशिक रोजगारिको सिलसिलामा जापानमा रहेका नागरिकहरु उक्त समाजमा आवद्व रहेका छन् ।विदेशमा दुःख गरी कमाएको केही हिस्सा स्वदेशमा आइपर्ने प्राकृतिक विपति तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको समाजका कोषाध्यक्ष यक बहादुर बोहोराले जानकारी बताउनु भयो । राहत रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी कुल बहादुर बोहोरा, तेज बहादुर बोहोरा र अम्मर बहादुर बोहोराको उपस्थिति रहेको थियो ।

दैविक प्रकोपको समयमा होस् वा कोही शारीरिक रूपमा अशक्त भएको बेलामा होस्  आर्थिक रूपमा विपन्न परिवारलाई समाजमा आवद्व नागरिकहरु मार्फत रकम संकलन गरी समाजले आर्थिक सहयोग गर्दै आइरहेको युवा समाजसेवी विर बहादुर बोहोराले बताउनु भयो । समाजले ढोरपाटनको प्राकृतिक विपत्तीमा उद्धार कार्यमा जुट्नु हुने समाजका पदाधिकारीहरु र सदस्यहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ । राहत रकम ग्रहण पछि बोल्दै

बाढीमा परि घरबास गुमेका, आफन्त गुमाएका र जग्गा जमीन बगरमा परिणत भई छिमेकीको आश्रय लिएर बसेका वास्तविक पीडितहरुको पहिचान गरी दीर्घकालीन रुपमा त्यी पीडितहरुको जीवन रक्षाका निम्ति राहत रकम सही ढंग बाट सदुपयोग हुने गरी काम गरिने ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रतिबद्धता गर्नुभएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago