अर्घाखाँची । कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको सन्धिखर्क नगरपालिकाले गाई–भैंसीलाई सुत्केरी भत्ता दिने भएको छ । कृषकलाई पशुपालनमा आकर्षित गर्न यस आर्थिक वर्षमा गाई-भैंसीलाई सुत्केरी भत्ताको ब्यबस्था गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।
कोरोनाका कारण स्वदेश तथा बिदेशबाट रोजगार गुमाएर फर्किएका तथा यही बसेर पशुपालनमा गर्ने कृषकलाई प्रोत्साहान गर्न सुत्केरी भत्ता प्रदान गरिने नगर प्रमुख भुसालको भनाइ छ ।जुन कृषकको घरमा गाइ भैसी ब्याउन्छ । उक्त कृषकलाई गाई–भैंसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । गाई–भैंसी सुत्केरी भएको २ महिना अवधिभित्र वडा कार्यालयको सिफारीससहित नगरपालिकामा निवेदन दिनुपर्ने उनको भनाइ छ ।
गाई–भैंसी ब्याउँदा खुवाउनु पर्ने तेल, ज्वानो, जाइफल, भेलीलगायतका सामग्री खरिद गर्न कृषकलाई सजिलो होस् भनेर यो कार्यक्रम संचालन गरीएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टराइले बताए ।
नगरपालिकाले गाइपशु बिमा गर्ने किसानलाई ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए । यस्तै, बाझो जमिन सदुपयोग गर्नेलाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार रुपैयाँसमेत नगरपालिकाले दिने भएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…