अर्घाखाँची । कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको सन्धिखर्क नगरपालिकाले गाई–भैंसीलाई सुत्केरी भत्ता दिने भएको छ । कृषकलाई पशुपालनमा आकर्षित गर्न यस आर्थिक वर्षमा गाई-भैंसीलाई सुत्केरी भत्ताको ब्यबस्था गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।
कोरोनाका कारण स्वदेश तथा बिदेशबाट रोजगार गुमाएर फर्किएका तथा यही बसेर पशुपालनमा गर्ने कृषकलाई प्रोत्साहान गर्न सुत्केरी भत्ता प्रदान गरिने नगर प्रमुख भुसालको भनाइ छ ।जुन कृषकको घरमा गाइ भैसी ब्याउन्छ । उक्त कृषकलाई गाई–भैंसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । गाई–भैंसी सुत्केरी भएको २ महिना अवधिभित्र वडा कार्यालयको सिफारीससहित नगरपालिकामा निवेदन दिनुपर्ने उनको भनाइ छ ।
गाई–भैंसी ब्याउँदा खुवाउनु पर्ने तेल, ज्वानो, जाइफल, भेलीलगायतका सामग्री खरिद गर्न कृषकलाई सजिलो होस् भनेर यो कार्यक्रम संचालन गरीएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टराइले बताए ।
नगरपालिकाले गाइपशु बिमा गर्ने किसानलाई ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए । यस्तै, बाझो जमिन सदुपयोग गर्नेलाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार रुपैयाँसमेत नगरपालिकाले दिने भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…