ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग ।

थम्मन थापा , बागलुङ , भदौ २४ ।  बागलुङ जिल्ला यतिबेला शोकमा छ । भदौ १७ गते राति जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ स्थित भुजिखोलामा आएको बाढीले त्यहाँ अकल्पनीय क्षति पुरायो । बाढीमा परेर कैयौं मानिसको दुःखद निधन भयो । धेरै मानिस बेपत्ता भए धेरैले आफन्त घरबास र आफ्नो श्रीसम्पत्ति गुमाए । अहिले बाढी पीडितहरुका लागि स्वदेश तथा विदेश बाट विभिन्न संघ संस्था देखि व्यक्ति विशेष बाट राहत सहयोग भइरहेको छ । खाद्यान्न, लत्ता कपडा सँगै आर्थिक सहयोगको क्रम बढेको छ ।

{“source_sid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1599628338051″,”subsource”:”done_button”,”uid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1599628338016″,”source”:”other”,”origin”:”gallery”}

सहयोगी मनहरु ढोरपाटन नगरपालिकामा पुगेर राहत सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गर्ने गरेका छन् । यसै बीच ढोरपाटनका बाढी पहिरो पिडितहरुको लागि गलकोट नगरपालिका वडा नं ७ मल्मबाट १ लाख ३५ हजार २ सय ४२ रुपैयाँ राहत सहयोग प्रदान गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच उक्त राहत रकम हस्तान्तरण गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । राहत रकम सहयोग अन्तर्गत गलकोट नगरपालिका ७ नं. वडा कार्यालय रु १५,०००, सिर्जनशिल आमा समुह आँगाखेत रु १५,०००, मुलपानी सप्ताहघाट महिला समुह खोलापारी रु १०,०२०, घुम्टे प्रगति कृषि समुह मल्म रु १०,०००, जनहित कला केन्द्र मल्म रु १०,०००, चिसापानी आमा समुह बामिया रु १०,०००, राम्चेढुङ्गा पर्यटन बिकास केन्द्र मल्म रु ९,५००, घुम्टे युवा परिवार मल्म रु ५,५००, नाच्ने डाँडा संरक्षण समाज मल्म रु ५,१००, फुलबारी आमा समुह मल्म रु ५,००५, मिलीजुली महिला समुह मल्म रु ५,००५, जनहित कृर्षि समुह रु ५,०००, नौमती बाजा समुह मल्म रु ५,०००, महिला जागरण केन्द्र मल्म रु ५,०००, दलखम विश्वकर्मा समाज मल्म रु ५,०००, झिर्काटापु सामुदायिक वन उपभोक्ता समुह मल्म रु ५,०००, नाच्नेडाडाँ आमा समुह मल्म रु २,०००, दिपशिखा आमा समुह झिर्का रु २,०००, भ¥याङ सामुदायिक वन उपभोक्ता समुह मल्म रु २,०००, टिका कुमारी घिमिरे आगाखेत रु १,०५०, यशोधा थापा आगाखेत रु १,०५०, हिमा केसी आगाखेत रु १,०१० र धन कुमारी बस्नेत आगाखेत रु. १,००० गरी कुल १ लाख ३५ हजार २ सय ४० रुपैयाँ ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा राहत रकम ग्रहण पछि बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले नगरको पीडामा साथ र हौसला प्रदान गर्ने मल्मबासी लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आमा समूहका प्रतिनिधिहरू, ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । बोवाङबासीको पिडामा थोरै भएपनि महलम लगाउने उद्धेश्यले राहत संकलन गरेर हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जीले जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago