ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग ।

थम्मन थापा , बागलुङ , भदौ २४ ।  बागलुङ जिल्ला यतिबेला शोकमा छ । भदौ १७ गते राति जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ स्थित भुजिखोलामा आएको बाढीले त्यहाँ अकल्पनीय क्षति पुरायो । बाढीमा परेर कैयौं मानिसको दुःखद निधन भयो । धेरै मानिस बेपत्ता भए धेरैले आफन्त घरबास र आफ्नो श्रीसम्पत्ति गुमाए । अहिले बाढी पीडितहरुका लागि स्वदेश तथा विदेश बाट विभिन्न संघ संस्था देखि व्यक्ति विशेष बाट राहत सहयोग भइरहेको छ । खाद्यान्न, लत्ता कपडा सँगै आर्थिक सहयोगको क्रम बढेको छ ।

{“source_sid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1599628338051″,”subsource”:”done_button”,”uid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1599628338016″,”source”:”other”,”origin”:”gallery”}

सहयोगी मनहरु ढोरपाटन नगरपालिकामा पुगेर राहत सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गर्ने गरेका छन् । यसै बीच ढोरपाटनका बाढी पहिरो पिडितहरुको लागि गलकोट नगरपालिका वडा नं ७ मल्मबाट १ लाख ३५ हजार २ सय ४२ रुपैयाँ राहत सहयोग प्रदान गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच उक्त राहत रकम हस्तान्तरण गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । राहत रकम सहयोग अन्तर्गत गलकोट नगरपालिका ७ नं. वडा कार्यालय रु १५,०००, सिर्जनशिल आमा समुह आँगाखेत रु १५,०००, मुलपानी सप्ताहघाट महिला समुह खोलापारी रु १०,०२०, घुम्टे प्रगति कृषि समुह मल्म रु १०,०००, जनहित कला केन्द्र मल्म रु १०,०००, चिसापानी आमा समुह बामिया रु १०,०००, राम्चेढुङ्गा पर्यटन बिकास केन्द्र मल्म रु ९,५००, घुम्टे युवा परिवार मल्म रु ५,५००, नाच्ने डाँडा संरक्षण समाज मल्म रु ५,१००, फुलबारी आमा समुह मल्म रु ५,००५, मिलीजुली महिला समुह मल्म रु ५,००५, जनहित कृर्षि समुह रु ५,०००, नौमती बाजा समुह मल्म रु ५,०००, महिला जागरण केन्द्र मल्म रु ५,०००, दलखम विश्वकर्मा समाज मल्म रु ५,०००, झिर्काटापु सामुदायिक वन उपभोक्ता समुह मल्म रु ५,०००, नाच्नेडाडाँ आमा समुह मल्म रु २,०००, दिपशिखा आमा समुह झिर्का रु २,०००, भ¥याङ सामुदायिक वन उपभोक्ता समुह मल्म रु २,०००, टिका कुमारी घिमिरे आगाखेत रु १,०५०, यशोधा थापा आगाखेत रु १,०५०, हिमा केसी आगाखेत रु १,०१० र धन कुमारी बस्नेत आगाखेत रु. १,००० गरी कुल १ लाख ३५ हजार २ सय ४० रुपैयाँ ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा राहत रकम ग्रहण पछि बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले नगरको पीडामा साथ र हौसला प्रदान गर्ने मल्मबासी लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आमा समूहका प्रतिनिधिहरू, ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । बोवाङबासीको पिडामा थोरै भएपनि महलम लगाउने उद्धेश्यले राहत संकलन गरेर हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जीले जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago