क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।

रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो ।३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे ।  ८१ मिनेट मैदानमा रहेका उनले ७२औं मिनेटमा दोस्रो गोल गरे । अब उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने  इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

अलीले सन् १९९३-२००६ बीच १०९ गोल गरेका थिए । रोनाल्डोको पछाडि रहेका भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago