घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा

बागलुङको ढोरपाटन नगरपालिका–९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् ।

ढोरपाटन–९ मा यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेपछि देशविदेशबाट राहत जुटे पनि सडक सम्पर्क विच्चेछ भएकाले राहत पुर्याउन समस्या भएको छ । बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् ।

बाढीले ८० वटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ । बाढीले ठूलो क्षति पुर्याएको खबरसँगै विभिन्न सङ्घसंस्था तथा व्यक्तिले राहत अभियान चलाइरहेका छन् । ताराखोला गाउँपालिका, लोकदोहोरी प्रतिष्ठान बागलुङ, लायन्स क्लब अफ बागलुङ, दलित सञ्जाल बागलुङलगायत दर्जनौँ सङ्घसंस्थाले नगरपालिकाको केन्द्र बुर्तिबाङमा राहत पुर्याएका छन् ।

भदौ १८ गतेदेखि सङ्कलित हुनथालेको राहत सडक अभावका कारण पीडितसमक्ष पुर्याउन समस्या भएको हो । एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भएपछि राहत दिने शुभेच्छुक तथा दाताहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेका छन् । यद्यपि गृहमन्त्री रामबहादुर थापा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसका नेता द्रोण कुँवर तथा जित शेरचनले हेलिकप्टरमार्फत केही राहत भने बाढीग्रस्त क्षेत्रमा पुर्याउनुभएको थियो ।

विपतपछि बाढीग्रस्त क्षेत्रमा पुगेका सङ्घसंस्था र व्यक्तिले दिएको राहत पनि ढोरपाटन–९ को वडा कार्यालयमा राखिएको छ । पीडित परिवारका सदस्यहरु भौगोलिक रूपमा पनि विकट क्षेत्रमा रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई सकस भएको छ ।

नगरपालिकाले खोज तथा उद्धार कार्य जारी रहेको र तथ्याङ्क सङ्कलन गर्ने काम पनि चलिरहेकाले हाल ढोरपाटन नगरपालिकाको तर्फबाट मात्रै राहत सामग्री वितरण गरिएको ढोरपाटनका नगर–उपप्रमुख करमती पुनले जानकारी दिनुभयो ।

“सडक र सञ्चार सम्पर्क विच्छेद, घटनास्थल पुग्नै समस्या तथा पीडितहरुले राहत लिनसमेत नसकेका कारण राहत वितरणमा चुनौती छ”, पुनले भन्नुभयो, “तत्कालका लागि खाद्यान्न वितरण भइसकेको र अन्य राहतहरु क्रमशः वितरण गर्दै जानेछौंँ।” पुनका अनुसार भौगोलिक विकटता र सडक अवरुद्ध भएका कारण राहत वितरणमा समस्या भइरहेको छ ।

सडक खुलाउन नसके खच्चडमार्फत राहत लैजाने उहाँको भनाइ छ । वडा कार्यालयमार्फत पीडित परिवारलाई एक बोरा चामल, दाल तथा तेल वितरण गरे पनि केही पीडितले नपाएको गुनासो व्यक्त गरेका छन् । हालसम्म पीडितहरुको तथ्याङ्क सङ्कलनमै रहेका कारण राहत वितरणमा ढिलाइ भएको वडा कार्यालयले जनाएको छ । गृहमन्त्री र मुख्यमन्त्रीले हेलिकप्टरमार्फत वितरणका लागि लगेको त्रिपाल, भाँडाकुँडा र म्याटे«ससमेत वडाकार्यालयमै थन्किएको छ ।

असली पीडितहरु दाहसंस्कार र वेपत्ताको खोजीमा रहेका कारण राहतका लागि वडा कार्यालयमा समेत आउन सकेका छैनन् । वडा कार्यालयदेखि तीन घण्टाको पैदलयात्राको दूरीमा रहेको र अहिले पैदलबाटो समेत नरहेका कारण पीडितको घरमै राहत पुर्याउन सकिएको छैन ।

बाढीपीडितले भने राहत नपाएको गुनासो गरेका छन् । हालसम्म नगरपालिकाको कुनै राहत नपाएको बाढिपीडित लालबहादुर विकले गुनासो गर्नुभयो । यस्तै अर्का पीडित तुलबहादुर विकले नगरपालिकाले एक केजी दाल र एक लिटर तेलमात्रै दिएको बताउनुभयो । नगरपालिकाले राहत दिएको भन्ने सुने पनि आफूले राहत नपाएको पीडितहरुको गुनासो छ ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago