सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी छचुवामा लिफ्टिङमा मार्फत घरघरमा खानेपानी धाराे पुग्याउने उधेश्यले निर्माण गरिएको खानेपानी टंकी निर्माण र पाइप बिछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकारको १० लाख लगानीमा खानेपानी आयोजनाको लागि अहिले टंकी निर्माण र पाइपलाइन विस्तार अन्तिम चरणमा पुगेको स्थानीय अर्जुन कुमालले गाेर्खाली भ्वाइसलाई बताए । गाउँमा रहेका १ सय २० घरधुरीलाई घरघरमा खानेपानीको धारा पुर्याउनको लागि स्थानीय मुलमा टंकी बनाएर खानेपानी विस्तारको काम सुरुवात गरिएको हो ।
नजिकै रहेको मुलबाट लिफ्टिङ्ग गरेर खानेपानीको समस्या समाधान गर्नका लागि प्रदेश सांसद तुलाराम घर्तीको पहलमा बजेट परेको थियो । यहाँ अधिकांश कुमाल समुदायको बाहुल्यता रहेको छ, खानेपानीको समस्या हुँदा घण्टौं समय खेर जाने गर्दथ्यो अहिले टंकी निर्माण भएर पानी वितरण भएमा त्यो समस्या समाधान हुने स्थानीयवासीहरु बताउँछन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…