२७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अस्थायी परिवर्तन गरेको छ ।
कोभिड १९ को कारण उत्पन्न जोखिम कम गर्न अनि खेलाडी र म्याच अफिसिलयहरुको सुरक्षालाई कायम राख्न नयाँ नियम प्रस्ताव गरिएको थियो । जसमा बल टल्काउन थुक प्रयोग गर्न नपाइनेदेखि लोकल अम्पयार राख्नेसम्म प्रस्ताव थियो ।
अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट कमिटीले नियमको अस्थायी परिवर्तन सम्बन्धी गरेको प्रस्तावलाई मंगलबार स्वीकृत गरिएको आईसीसीले जनाएको छ ।
कोभिड१९ रिप्लेसमेन्ट अन्तर्गत खेलाडीको लक्षण देखिए टिमले खेलाडी परिवर्तन गर्न पाउनेछन् । यो टेष्ट क्रिकेटमा मात्र लागू हुनेछ ।
यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटमा न्युट्रल अम्पायर राख्नैपर्ने बाध्यतालाई हटाइएको छ । आईसीसीले इलाइट प्यानल र इन्टरनेशनल प्यानल म्याच अफिसियलबाट लोकल म्याच अफिसियल छान्न पाउनेछ ।
यस्तै खेलाडीले क्रिकेट बल टल्काउन थुक लगाउन नपाउने भएका छन् । त्यस्तो गरेमा अम्पाएरले त्यो परिस्थितिलाई मिलाउनुपर्नेछ । एक टिमलाई त्यस्तो गरेको पाइएमा दुई पटक चेतावनी दिइनेछ ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…