सन्ताेष गहतराज, पाल्पा । कोरोना संक्रमण नियन्त्रणका लागी जिल्लामा लकडाउन भएपछी बाहिरी जिल्लाबाट प्रवेश गर्नहरुको कमी भएको छैन । जिल्ला बाहिरबाट आउनेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नीति बिपरित खुलेआम गाउँमा डुल्नेहरुको बाक्लो लहर छ ।
बुधबार तानसेन ११ मा ५ जना लुकिछिपि प्रवेश गरेका छन । जसमध्ये एक जना भारतबाट आएको भन्ने खुलेको छ । उनिहरू हाेम क्वारेन्टाइन तथा क्वारेन्टाइन बसेका छैनन् बरू उनिहरू खुला रुपमा घुमेका छन । यसै सन्दर्भमा तानसेन ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरे सङ्ग प्रतिक्रिया लिंदा बाहिरी जिल्लाबाट वडामा लुकिछिपि प्रवेश गरेकाहरुलाइ खोजी गरी हाेम क्वारेन्टाइन अथवा स्थानीय तहको क्वारेन्टाइनमा राखिने बताउनु भयो । वडा नम्बर ११ मा ५९९ घरधुरी छन । जसमा ३०८५ जना बसोबास गर्छन । बन्दिपोखरा बाट तानसेन सदरमुकाम आधाघन्टाको को समयमा पुग्न सकिने भएकाले स्थानीय बासी दैनिक रुपमा आउजाउ गर्ने गर्छन । जसले गर्दा तानसेन भन्दा बाहिर बाट विभिन्न वहानामा आउनेहरू ले गर्दा जोखिम बढेको छ । वडा कार्यालयले सुरुमा आउनेहरुको लगत सन्कलन गरेपनि पछिल्लो समयमा आउनेहरुको लगत सन्कलन भएको छैन । पछिल्लो समयमा गाउँमा छिर्नेहरु क्वारेन्टाइनमा बस्न आनाकानी गर्ने हुँदा ग्रामिण क्षेत्र कोरोना संक्रमण बाट असुरक्षित बनेको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…