सन्ताेष गहतराज, पाल्पा । कोरोना संक्रमण नियन्त्रणका लागी जिल्लामा लकडाउन भएपछी बाहिरी जिल्लाबाट प्रवेश गर्नहरुको कमी भएको छैन । जिल्ला बाहिरबाट आउनेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नीति बिपरित खुलेआम गाउँमा डुल्नेहरुको बाक्लो लहर छ ।
बुधबार तानसेन ११ मा ५ जना लुकिछिपि प्रवेश गरेका छन । जसमध्ये एक जना भारतबाट आएको भन्ने खुलेको छ । उनिहरू हाेम क्वारेन्टाइन तथा क्वारेन्टाइन बसेका छैनन् बरू उनिहरू खुला रुपमा घुमेका छन । यसै सन्दर्भमा तानसेन ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरे सङ्ग प्रतिक्रिया लिंदा बाहिरी जिल्लाबाट वडामा लुकिछिपि प्रवेश गरेकाहरुलाइ खोजी गरी हाेम क्वारेन्टाइन अथवा स्थानीय तहको क्वारेन्टाइनमा राखिने बताउनु भयो । वडा नम्बर ११ मा ५९९ घरधुरी छन । जसमा ३०८५ जना बसोबास गर्छन । बन्दिपोखरा बाट तानसेन सदरमुकाम आधाघन्टाको को समयमा पुग्न सकिने भएकाले स्थानीय बासी दैनिक रुपमा आउजाउ गर्ने गर्छन । जसले गर्दा तानसेन भन्दा बाहिर बाट विभिन्न वहानामा आउनेहरू ले गर्दा जोखिम बढेको छ । वडा कार्यालयले सुरुमा आउनेहरुको लगत सन्कलन गरेपनि पछिल्लो समयमा आउनेहरुको लगत सन्कलन भएको छैन । पछिल्लो समयमा गाउँमा छिर्नेहरु क्वारेन्टाइनमा बस्न आनाकानी गर्ने हुँदा ग्रामिण क्षेत्र कोरोना संक्रमण बाट असुरक्षित बनेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…