संकटका बेलामा समुदायको सहयोगी बनेको कार्यक्रम एसईई पाठशालाका शिक्षकहरुलाई विदाई

पाल्पा । सामुदायिक रेडियो मदनपोखरा द्वारा प्रसारण रहेको देशभर लोकप्रिय बन्न सफल दुरशिक्षा रेडियो कार्यक्रम एसईई पाठशालाका शिक्षकहरुलाई विदाई गरिएको छ । रेडियो मदनपोखरासँगै नेपालका ३० भन्दा धेरै रेडियो स्टेशनमा हरेक दिन विहान सवा १० बजेदेखि ४ बजेसम्म एक महिना दुरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला प्रसारण भएको थियो ।


तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले पाठशालाका शिक्षकहरुलाई कदर पत्र प्रदान गर्दै रेडियो पाठशालाले देशभरिनै आकर्षण पैदा गरेको बताउनुभयो । महामारी र बन्दाबन्दीका बेला सामुदायिक रेडियो मदनपोखराले ल्याएको यो सिर्जनशील कार्यक्रमले आधारभूत वर्गका विद्यार्थीहरुलाई धेरै ठूलो सहयोग पुगेको भन्दै सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका सदस्य सोमनाथ अर्यालले रेडियो र पाठशालाका शिक्षकहरुले विपदमा पनि रेडियो मार्फत् पठनपाठन गरेर इतिहास रचेको बताउन्भयो । कार्यक्रममा शिक्षक रामजीवन ज्ञवाली, चन्द्रकान्त न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाकापूर्व अध्यक्ष गोविन्द भट्टराईले एसईई पाठशालाले शैक्षिक तनावमा रहेका विद्यार्थी र चिन्तित अभिभावकलाई आशाको सञ्चार गर्न सफल भएको बताउनुभयो ।


एसईई पाठशालामा दमकडा माध्यमिक विद्यालयका शिक्षक होत्रीराज ढुंगानाले अंग्रेजी, जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणि साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान, दमकडाका जीवन आचार्यले कम्यूटर, दमकडाकै एकराज ज्ञवालीले सामाजिक अध्ययन र माउन्ट भ्याली बोर्डिङ स्कुलका प्रेमराज खरालले नेपाली र न्यू होराइजनका चन्द्रकान्त न्यौपानेले स्वास्थ्य, जनसंख्या तथा वातावरण बिषयको पठनपाठन गर्नुभएको थियो ।
कोरोनाकाकारण एसईईको परीक्षा स्थगित भएपछि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययन, कम्यूटर र स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा रेडियोले दैनिक ५ घण्टा पठनपाठन गर्दै आएको थियो ।काेराेनाकाे डर नमानी, बन्दाबन्दी छ नभनी दैनिक रूपमा रेडियाे स्टेशन आएर एक महिनासम्म लाइभ कक्षा चलाउने र आफुलाई नियमित अपडेट गरी पठनपाठन गर्नुहुने सम्पूर्ण शिक्षकहरूलाई सारेमकाे सम्मान छ भन्दै रेडियोका स्टेशन प्रबन्धक एबम नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले पाठशाला लाइभ प्रसारण गर्ने सबै सहकर्मी रेडियाे स्टेशनहरूलाई धन्यवाद दिदै तानसेन नगरपालिकाको सहकार्यका लागी आभार ब्यक्त गर्नुभयो । संकटका बेलामा समुदायको सहयोगी बनेर देशभर चर्चा कमाउन सफल र उत्कृष्ट कार्यक्रमको समुदाय तथा सामाजिक संजालमा प्रसंशा गरिएको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago