पार्टी एकताको विकल्प छैन मुख्यमन्त्री पोखरेल ।

सन्तोष गहतराज , पाल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पाल्पाको तानसेनमा सुर्य बिमोचन कार्यक्रममा नेकपा पाटी एकताको विकल्प नरहेको बताउनु भएको छ ।

पाटी एकताको विकल्प सुध्रिण पाटी एकता रहेको बताउदै नेपाली उखान भाइ भाइ फुटे बाक्लो दाल खान पाइन्छ भन्ने नेपाली उखान झै केही केही पाटीका केही कार्यकताहरूलाई बाक्लो दाल खाने रहर जागेको छ यो प्रवृतिले कम्युनिस्ट आन्दोलनलाई भणखालाेमा हाल्ने काम हो । जस्ले यो सोच बनाएर अगाडि बढेका छन ।त्यो पाटीको हित तथा मुलुकको हितमा नरहेको बताउनु भयो । पार्टी एकता गरेर कार्यकर्तामाझ गएको भए पनि नेताहरुमै एकताको भावभन्दा अन्तरद्वन्द्व बढेको पनि पोखरेलले बताएका छन् । पार्टी एकताको रक्षाका लागि नेताहरु नै लाग्नुपर्ने बताएका हुन् । उनी भन्छन्, ‘जतिबेला हामी अलगअलग थियौ एकताको भाव थियो । जतिबेला हामी संस्थागत भएका छौं ठीक उल्टो भएका छौं हामी अन्तरमुखी भएका छौं । हाम्रा मनहरु कताकता विभाजित जस्तो भएको छ । अनेकतामा हिड्ने खोजेजस्तो भएका छौं ।’ त्यसैले नेकपा पार्टी एकताको विकल्प छ जस्तो मलाई लाग्दैन । अबको विकल्प पनि सुदृढ पार्टी एकता नै हो मन्त्री पोखरेलले बताउनु भयो । अहिले देशमा तीन प्रकारको सरकार आई सके पछि सरकारले केही गरेन भन्ने कुरा गलत रहेको उहाले बताउनु भयो ।

देशमा केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकार आई सके पछि धेरै भौतिक पुर्वधारहरूको विकास गरेको बताउनु यो । त्यस्तै पछिल्लो समयमा सरकार कोरोना नियन्त्रण गर्न असफल भयो भन्ने कुरा खण्डन गर्दै सरकाले कोरोना नियन्त्रण लागि सरकारले निरन्तर खटेको बताउनु भयो । पछिल्लो समयमा समुदाय स्तरमा कोरोना झन फैलिरहेको बेला परिक्षणको दायरा बढाएको पनि बताउनु भयो । यस्का लागि प्रदेश सरकारको सहयोगमा पाल्पामा पनि दुई वटा परिक्षण गर्ने प्रयोगशाला पनि सञ्चालन भएको बताउनु भयो । पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटि सदस्य ठाकुर गैरेले नेकपा कुनै पनि अवस्थामा नफुट्ने र फुट्न नहुने बताए ।

नेकपामा प्रभावशाली युवा नेता गैरेले पार्टीको विधान अनुसार नेकपा चल्नुपर्ने र सरकार संविधान अनुसार सञ्चालन हुनुपर्ने बताए । ‘माक्सावादी पार्टीभित्र जवसम्म मपाईत्व र व्यक्तिवादी चिन्तन हुन्छ तबसम्म पार्टी बलियो हुन सक्दैन । पार्टीको आन्तरिक छलफलका कुराहरु बाहिर आउन बन्द हुनुपर्छ, युवा नेता गैरेले भने, अहिले नेतालाई पार्टी चाहिएको छैन जस्तो देखिएको छ, तर पार्टीभन्दा माथी कुनै पनि नेता हुन सक्दैन ।’ उनले बताए कार्यक्रममा नेकपा पाल्पाका पाटी अध्यक्ष एवम प्रदेश सांसद नारायण आचार्यले अहिले प्रदेश सरकारले पाल्पाको भौतिक पुर्वधार,तथा जनताले भोगेको समग्र समस्याहरूलाई मध्ये नजर गरि काम गरिरहेको बताउनु भयो । सरकारले गरेका कामको प्रचार प्रसार नहुदा काम गरे जस्तो नदेखिए पनि अहिले सरकारले जनताको पिर मर्का अनुसार काम गरिरहेकाको बताउनु भयो । कार्यक्रममा नेकपा पाटीबाट निर्वाचन स्थानीय तहका प्रमुखहरू पाटीमा आस्था राख्ने कार्यकताहरूको उपस्थिति रहेको थियो । नेकपा प्रचार प्रसार तथा प्रकाशन विभागद्वारा प्रकाशित दोस्रो बुलेटिन तानसेनमा वितरण गरिएको थियाे । नेकपा पाल्पाको बुलेटिनबाट आम कार्यकर्तालाई भावनात्मक सम्बन्धको विकास गराउने सम्पादक गुराँस आत्रेयले बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago