पार्टी एकताको विकल्प छैन मुख्यमन्त्री पोखरेल ।

सन्तोष गहतराज , पाल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पाल्पाको तानसेनमा सुर्य बिमोचन कार्यक्रममा नेकपा पाटी एकताको विकल्प नरहेको बताउनु भएको छ ।

पाटी एकताको विकल्प सुध्रिण पाटी एकता रहेको बताउदै नेपाली उखान भाइ भाइ फुटे बाक्लो दाल खान पाइन्छ भन्ने नेपाली उखान झै केही केही पाटीका केही कार्यकताहरूलाई बाक्लो दाल खाने रहर जागेको छ यो प्रवृतिले कम्युनिस्ट आन्दोलनलाई भणखालाेमा हाल्ने काम हो । जस्ले यो सोच बनाएर अगाडि बढेका छन ।त्यो पाटीको हित तथा मुलुकको हितमा नरहेको बताउनु भयो । पार्टी एकता गरेर कार्यकर्तामाझ गएको भए पनि नेताहरुमै एकताको भावभन्दा अन्तरद्वन्द्व बढेको पनि पोखरेलले बताएका छन् । पार्टी एकताको रक्षाका लागि नेताहरु नै लाग्नुपर्ने बताएका हुन् । उनी भन्छन्, ‘जतिबेला हामी अलगअलग थियौ एकताको भाव थियो । जतिबेला हामी संस्थागत भएका छौं ठीक उल्टो भएका छौं हामी अन्तरमुखी भएका छौं । हाम्रा मनहरु कताकता विभाजित जस्तो भएको छ । अनेकतामा हिड्ने खोजेजस्तो भएका छौं ।’ त्यसैले नेकपा पार्टी एकताको विकल्प छ जस्तो मलाई लाग्दैन । अबको विकल्प पनि सुदृढ पार्टी एकता नै हो मन्त्री पोखरेलले बताउनु भयो । अहिले देशमा तीन प्रकारको सरकार आई सके पछि सरकारले केही गरेन भन्ने कुरा गलत रहेको उहाले बताउनु भयो ।

देशमा केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकार आई सके पछि धेरै भौतिक पुर्वधारहरूको विकास गरेको बताउनु यो । त्यस्तै पछिल्लो समयमा सरकार कोरोना नियन्त्रण गर्न असफल भयो भन्ने कुरा खण्डन गर्दै सरकाले कोरोना नियन्त्रण लागि सरकारले निरन्तर खटेको बताउनु भयो । पछिल्लो समयमा समुदाय स्तरमा कोरोना झन फैलिरहेको बेला परिक्षणको दायरा बढाएको पनि बताउनु भयो । यस्का लागि प्रदेश सरकारको सहयोगमा पाल्पामा पनि दुई वटा परिक्षण गर्ने प्रयोगशाला पनि सञ्चालन भएको बताउनु भयो । पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटि सदस्य ठाकुर गैरेले नेकपा कुनै पनि अवस्थामा नफुट्ने र फुट्न नहुने बताए ।

नेकपामा प्रभावशाली युवा नेता गैरेले पार्टीको विधान अनुसार नेकपा चल्नुपर्ने र सरकार संविधान अनुसार सञ्चालन हुनुपर्ने बताए । ‘माक्सावादी पार्टीभित्र जवसम्म मपाईत्व र व्यक्तिवादी चिन्तन हुन्छ तबसम्म पार्टी बलियो हुन सक्दैन । पार्टीको आन्तरिक छलफलका कुराहरु बाहिर आउन बन्द हुनुपर्छ, युवा नेता गैरेले भने, अहिले नेतालाई पार्टी चाहिएको छैन जस्तो देखिएको छ, तर पार्टीभन्दा माथी कुनै पनि नेता हुन सक्दैन ।’ उनले बताए कार्यक्रममा नेकपा पाल्पाका पाटी अध्यक्ष एवम प्रदेश सांसद नारायण आचार्यले अहिले प्रदेश सरकारले पाल्पाको भौतिक पुर्वधार,तथा जनताले भोगेको समग्र समस्याहरूलाई मध्ये नजर गरि काम गरिरहेको बताउनु भयो । सरकारले गरेका कामको प्रचार प्रसार नहुदा काम गरे जस्तो नदेखिए पनि अहिले सरकारले जनताको पिर मर्का अनुसार काम गरिरहेकाको बताउनु भयो । कार्यक्रममा नेकपा पाटीबाट निर्वाचन स्थानीय तहका प्रमुखहरू पाटीमा आस्था राख्ने कार्यकताहरूको उपस्थिति रहेको थियो । नेकपा प्रचार प्रसार तथा प्रकाशन विभागद्वारा प्रकाशित दोस्रो बुलेटिन तानसेनमा वितरण गरिएको थियाे । नेकपा पाल्पाको बुलेटिनबाट आम कार्यकर्तालाई भावनात्मक सम्बन्धको विकास गराउने सम्पादक गुराँस आत्रेयले बताए ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago