बेइजिङ : चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारलेझण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार चीनले कोरोना भाइरसलाई नियन्त्रणमालिइसकेको छ । हाल देशभर २८१ जना मात्र सक्रिय संक्रमित छन् । तर चीनले खोप निर्माण गरी विश्वलाई नै उपलब्ध गराउने प्रतिबद्धताव्यक्त गरेको छ ।
कोरोना भाइरस फैलाएको दोषबाट मुक्त हुन पनि चीनले खोपमा लगानी बढाएको विश्वास गरिएको छ । हङकङमा मेडिकल अनुसन्धानफर्मका रुपमा सूचीकृत सिनो बायोफर्मास्यूटिकल लिमिटेडले सोमबार एक विज्ञप्ति प्रकाशन गरी कोरोनाभ्याकको विकास र उत्पादनकालागि कम्पनीले ५१ करोड ५० लाख लगानी गर्ने घोषणा गरेको छ । सिनोभ्याकको यो सर्वाधिक उच्चस्तरको खोप हो ।
चीनकै अग्रणी खोप निर्माता सिनोभ्याकले कोरोनाभ्याकको विकास, क्षमता विस्तार र उत्पादनका लागि चीन सरकारबाट प्राप्त हुने रकमखर्च गरिने जनाएको छ । सिनोभ्याकले यसै वर्षको अन्त्यसम्ममा ६० करोड डोज कोरोनाभ्याक उत्पादन गर्न सक्षम हुने बताएको छ ।सम्झौता बमोजिम सिनो बायोफर्मास्यूटिकलले सिनोभ्याकमा १५ प्रतिशत सेयर प्राप्त गर्नेछ ।
चिनियाँ खोपलाई व्यापक वितरणका लागि नियामक निकायहरुबाट अनुमति प्राप्त गर्न बाँकी रहे पनि चीन सरकारले आपतकालीनप्रयोगका लागि यो खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । जुलाई यता मात्र ठूलो संख्याका सरकारी कर्मचारीदेखि विदेशीविद्यार्थीहरुले यो खोप लगाइसकेका छन् । कोरोनाभ्याक खोप ब्राजिल समेतका धेरै देशमा परीक्षण भइरहेको छ ।
गत नोभेम्बरमा खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएपछि केही कठिनाइ व्यहोरेको सिनोभ्याकले तेस्रो तथा अन्तिमचरणको खोप परीक्षण पुनः शुरु गरिसकेको छ । सिनोभ्याकका प्रमुख कार्यकारी यिन वाइदोङले एसिया र दक्षिण अमेरिकी मुलुकहरुमाजारी क्लिनिकल परीक्षण अन्तिम चरणमा प्रवेश गरेको बताएका छन् ।
कम्पनीले यसअघि आफ्ना सबै कर्मचारी र उनीहरुका परिवारका सदस्यहरुले खोप लगाइसकेको जनाएको थियो । चीनको अर्कोभ्याक्सिन निर्माता सिनोफार्मले गत नोभेम्बरमा करिब १० लाख मानिसले आफ्नो खोप परीक्षणमा सहभागिता जनाएको बताएको थियो ।गत साता खोप स्वीकृत गर्ने पश्चिमा मुलुकहरुमा बेलायत पहिलो राष्ट्र भइसकेको छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…