पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा

दमौली। पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको तनहुँको शुक्लागण्डकी नगरपालिका स्थितपर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो

दुलेगौँडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेकोआउ है भुजिकोटको अडियोसार्वजनिक भएको गीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन गीत सार्वजनिक गरिएको श्रेष्ठलेबताउनुभयो उक्त गीतमा गायिका अजुदा थापाले स्वर भर्नुभएको भने सन्तोष प्रधानले सङ्गीत दिनुभएको

प्रकृतिको सौन्दर्यमा छैन कुनै खोट

माया लाउने भए साइँला आऊ है भुजिकोट

उत्तर हेर्यो महानगर, सातै तालको शहर

दक्षिणतिर नागबेली शुक्ला नदी लहर

पात बजाई बोलाउँछ, लाँकुरीको बोट

माया लाउने भए साइँला आऊ है भुजिकोट

मुस्काउँछ हिमचुली, मगमगाउँछ बुंकी

फेवा, रूपा, बेगनासले हेर्छ लुकीलुकी

झुल्किदिन्छ एकैसाथ लेक, बेँसी, भोट

माया लाउने भए साइँला आऊ है भुजिकोट

बन्केवाको उकालीमा, दगामकी सानी

हुलका हुल देख्छु भन्छे भ्यूटावर जानी

सूर्योदय हेर्नलाई जाउँला स्थानथोक

माया लाउने भए साइँला आऊ है भुजिकोट

यस ठाउँबाट कास्की जिल्लामा रहेका सातवटै ताल अवलोकन गर्न सकिन्छ यहाँ दृश्यावलोकन स्तम्भसमेत निर्माण भएको साथैयहाँबाट माछापुच्छे, अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ

तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको समन्वयमा पर्यटक आकर्षित गर्ने उद्देश्यले उक्त ठाउँमा रु १३ लाखको लागतमादृश्यावलोकन स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् स्तम्भबाटरातको समयमा पोखरा, लेखनाथ तनहुँकै खैरेनीटारलगायतका क्षेत्रमा झिलीमिली बत्ती बलेको हेर्न पनि पर्यटक आकर्षित हुने गरेकोस्थानीयवासी तीर्थराज खनालले बताउनुभयो सूर्यास्त सूर्योदयको दृश्यावलोकनका लागि पनि भुजिकोट प्रख्यात

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago