युरोपको कोशेली बन्दै जङ्गली रातो च्याउ

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका स्थित ठूलो हिले सामुदायिक घरवासको मुख्य परिकार हो जङ्गली रातो च्याउ ताराखोलाको डुडेलेकको जङ्गलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरवासमा पुग्ने गरेका छन्

रातो च्याउबाहेक जङ्गली सेतो च्याउ, फापर, भाँगोको चट्नी कोदोको ढिँडो, लोकल कुखुरा सिमीको दाल घारवासको मुख्यआकर्षण हो पर्यटकीय क्षेत्र डुडेलेक पुग्नेहरु स्थानीय परिकारका पारखीहरु ठूलो हिले पुग्ने गरेका छन् एक वर्षदेखि सञ्चालनमाआएको ठूलो हिले सामुदायिक घरवास पर्यटकीय क्षेत्रमा भएकाले पर्यतकको रोजाइमा पर्न थालेको

तारोखोला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनपर्नेभएकाले यसको मूल्य निकै महङ्गो प्रोटिन भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ ताराखोला पुग्ने जो कोहीलेरुचाउने परिकार हो घरवासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको घरवासका सञ्चालक तेजेन्द्रबहादुरश्रीसले जानकारी दिनुभयो

घरवास नखुल्दैसमेत यहाँ सामान्य पर्यटकहरु घुम्न आउने गरेका थिए ताराखोला गाउँपालिकाको सहयोगमा घरवास सञ्चालनमाल्याएपछि यहाँ आउने पर्यटकहरु बढ्न थालेका छन् उहाँले बन्दाबन्दीको समयमा समेत आन्तरिक पर्यटकहरु आइरहेका हुन् घरवासमा आउने जो कोहीले खानका लागि कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्श्रीसले भन्नुभयो, “पाहुँनाले आफ्नापरिवारका सदस्यहरु रहेको युरोप अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन्

जङ्गली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जङ्गली च्याउ लिएर सुकाएर राख्ने गरेका छन् अहिले सुकेकोएक पाथी रातो च्याउको मूल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजारसम्म पर्दै आएको ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीलेबताउनुभयो

सुकेको रातो च्याउको माग धेरै भएपछि पुर्याउनै नसकिएको घर्तीको भनाइ रहेको स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्नकालागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरणनभएको स्थानीयवासी धनबहादुर बुढाले जानकारी दिनुभयो अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको मूल्य बढ्दै गएको बुढाको भनाइ रहेको उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ

जङ्गलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् ताराखोलाकोउच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ रातो च्याउ ताराखोलासहित गलकोटको रमुवा, ढोरपाटन तमानखोलालगायत जङ्गलमा पाइन्छ रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदैआएको बागलुङ बजारमा लामो समयदेखि अर्गानिक उत्पादनको व्यापार गर्दै आउनुभएका हिरामणि उपाध्यायले जानकारी दिनभयो उहाँले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेली पठाउने गरेको बताउनुभयो

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ सिताके च्याउको व्यावसायिक उत्पादनथालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको सामुदयिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेमलामिछानेले बताउनुभयो अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन”, लामिछानेले भन्नुभयो, “जसरी नौ महिनामा फल्नेसिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन भयो त्यसरी नै रातो च्याउको विकास गर्न सकिन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago