युरोपको कोशेली बन्दै जङ्गली रातो च्याउ

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका स्थित ठूलो हिले सामुदायिक घरवासको मुख्य परिकार हो जङ्गली रातो च्याउ ताराखोलाको डुडेलेकको जङ्गलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरवासमा पुग्ने गरेका छन्

रातो च्याउबाहेक जङ्गली सेतो च्याउ, फापर, भाँगोको चट्नी कोदोको ढिँडो, लोकल कुखुरा सिमीको दाल घारवासको मुख्यआकर्षण हो पर्यटकीय क्षेत्र डुडेलेक पुग्नेहरु स्थानीय परिकारका पारखीहरु ठूलो हिले पुग्ने गरेका छन् एक वर्षदेखि सञ्चालनमाआएको ठूलो हिले सामुदायिक घरवास पर्यटकीय क्षेत्रमा भएकाले पर्यतकको रोजाइमा पर्न थालेको

तारोखोला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनपर्नेभएकाले यसको मूल्य निकै महङ्गो प्रोटिन भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ ताराखोला पुग्ने जो कोहीलेरुचाउने परिकार हो घरवासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको घरवासका सञ्चालक तेजेन्द्रबहादुरश्रीसले जानकारी दिनुभयो

घरवास नखुल्दैसमेत यहाँ सामान्य पर्यटकहरु घुम्न आउने गरेका थिए ताराखोला गाउँपालिकाको सहयोगमा घरवास सञ्चालनमाल्याएपछि यहाँ आउने पर्यटकहरु बढ्न थालेका छन् उहाँले बन्दाबन्दीको समयमा समेत आन्तरिक पर्यटकहरु आइरहेका हुन् घरवासमा आउने जो कोहीले खानका लागि कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्श्रीसले भन्नुभयो, “पाहुँनाले आफ्नापरिवारका सदस्यहरु रहेको युरोप अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन्

जङ्गली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जङ्गली च्याउ लिएर सुकाएर राख्ने गरेका छन् अहिले सुकेकोएक पाथी रातो च्याउको मूल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजारसम्म पर्दै आएको ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीलेबताउनुभयो

सुकेको रातो च्याउको माग धेरै भएपछि पुर्याउनै नसकिएको घर्तीको भनाइ रहेको स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्नकालागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरणनभएको स्थानीयवासी धनबहादुर बुढाले जानकारी दिनुभयो अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको मूल्य बढ्दै गएको बुढाको भनाइ रहेको उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ

जङ्गलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् ताराखोलाकोउच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ रातो च्याउ ताराखोलासहित गलकोटको रमुवा, ढोरपाटन तमानखोलालगायत जङ्गलमा पाइन्छ रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदैआएको बागलुङ बजारमा लामो समयदेखि अर्गानिक उत्पादनको व्यापार गर्दै आउनुभएका हिरामणि उपाध्यायले जानकारी दिनभयो उहाँले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेली पठाउने गरेको बताउनुभयो

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ सिताके च्याउको व्यावसायिक उत्पादनथालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको सामुदयिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेमलामिछानेले बताउनुभयो अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन”, लामिछानेले भन्नुभयो, “जसरी नौ महिनामा फल्नेसिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन भयो त्यसरी नै रातो च्याउको विकास गर्न सकिन्छ

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago