रासायनिक मल नपाउँदा किसान समस्यामा

सुदूरपश्चिम। दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहनुभएका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश हुनुहुन्छ धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहनुभएका उहाँ सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसोबिक्रेतासँगको सम्पर्कमा रहनु भए पनि अझै पाउन सक्नुभएको छैन गहँु छरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल पाउन नसक्दा गहुँ छर्नढिला भइसक्यो”, शनिबार धनगढी बजारमा भेटिनुभएका रानाले भन्नुभयो, “यो मल प्रयोग नगरौँ भने उत्पादन हुँदैन

आफूलाई गहुँ खेती गर्न चाहिने सरकारी अनुदानको रासायनिक मलका लागि स्थानीय एक सहकारी संस्थालाई तीन हप्ताअघि नै पैसाछोडर जानुभएका धनगढीका अर्का किसान वीरबहादुर चौधरीले सहकारीमा मल नआउँदा अझै पाउन सक्नुभएको छैन उहाँले भन्नुभयो, “कृषि सामग्रीले वितरण गर्ने सरकारको अनुदानित मल पाउने छाँट यसपालि देखिँदैन

यतिबेला धान बाली भित्र्याएर गहुँ खेतीको तयारीस्वरुप खेत खनजोतमा लागेका किसान रासायनिक मलको अभाव भएपछि चिन्तितभएका छन् सरकारको अनुदानको मल बिक्रीवितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड साल्ट ट्रेडिङ कर्पोरेशनलिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि मलको अभाव सिर्जना भएको हो

सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरलगायत जिल्लामा कात्तिक दोस्रो हप्तादेखि मङ्सिर पहिलो हप्ताभित्रमा गहुँ छर्ने गरिन्छ बाली लगाउने समयमा बर्सेनी हुने रासायनिक मलको चरम अभावले हैरानी खेप्नुपर्ने समस्या आफूहरुका लागि स्थायी समस्या भइसकेकोकृषकको भनाइ

समयमै सम्बन्धित निकायले आवश्यक पर्ने मलको आपूर्ति व्यवस्थापन गर्न नसक्दा मलको अभाव हुने गरेको हो तोकिएकोकोटाअनुसारको मल समयमै आपूर्तिको व्यवस्थापन गर्नमा भइरहेको कमीकमजोरीले मल अभाव हुने गरेकामा प्रदेशमा हरेक बालीकालागि कति मलको आवश्यकता पर्छ भनेर आँकलन गर्न नसक्नु पनि मल अभाव हुनाको अर्को कारण रहेको बताइएको

बिक्रीवितरण हुँदै आएको सरकारी अनुदानको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेट ३० प्रतिशत मल साल्ट टे«डिङकर्पोरेशन लिमिटेडले आफ्ना अधिकृत बिक्रेतामार्फत बिक्रीवितरण गर्दै आएको धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकानायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले प्रदेशमा वार्षिक कति मल चाहिन्छ भनेर यकिन परिमाण कसैलाई थाहा हुन नसक्दा पनि मलअभाव देखिने गरेको बताउनुभयो

पाण्डेले भन्नुभयो, “जथाभावी रुपमा अन्धाधुन्ध रुपमा युरिया डिएपी मल प्रयोग गर्ने प्रवृत्तिले मलको खपत पनि बढ्दै जाँदा प्रदेशमाकति मल चाहिन्छ भनेर यकिन परिमाण कसैलाई थाहा नै छैन अन्धाधुन्ध रुपमा मल प्रयोग गर्ने गरिएकाले यसबाट माटोमा बढेकोअम्लियपनले उत्पादनमा प्रतिकूल असर पुगिरहेको जनाइएको अधिकांश किसान कुन बालीका लागि कहिले कति परिमाणकोरासायनिक मल प्रयोग गर्ने भन्नेबारेमा समेत जानकार नहुँदा यो मल जथाभावी प्रयोग भइरहेको देखिएको

मलखादको बिक्रीवितरणको प्रभावकारी अनुगमन हुन नसक्दा अधिकृत बिक्रेताले अनुदानको मल आफूखुशी ढङ्गले बिक्री मूल्य तोकेरबेच्ने गरेको गुनासो पनि कृषकको   साल्ट ट्रेडिङ कर्पोरेशनले चालू वर्षको हालसम्म युरिया तीन हजार ४४५, डिएपी ८६४, पोटास ६०मेट्रिक टन बिक्री गरेको डिएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिङ्गल सुपर फस्पेट (एसएसपी) दुई हजार ८३८ मेट्रिक टनबिक्री गरेको हाल कार्यालयसँग युरिया डिएपी मलको मौज्दात शून्य रहेकामा एसएसपी मल ५२७ मेट्रिक टन मौज्दात रहेको

यस्तै कृषि सामग्री कम्पनीको धनगढी कार्यालयमार्फत चालू वर्षको हालसम्म डिएपी ७३० पोटास १० मेट्रिक टन बिक्री गरेको हालमलको मौज्दात सकिएकामा आगामी केही दिनभित्रमा मल आउन लागेको कार्यालयका प्रमुख नवलसिंह बोगटीले जानकारी दिनुभयो कृषि सामग्री साल्ट ट्रेडिङले तोकेका अधिकृत बिक्रेतामार्फत हालसम्म यो मल बिक्री हुँदै आएकामा आउने मङ्सिरबाट स्थानीय तहलेसिफारिस गरेका अधिकृत बिक्रेतामार्फत बिक्री वितरण गर्न लागिएको

सरकारले मलखाद बिक्रीवितरण निर्देशिका २०७७ जारी गरी यस्तो व्यवस्था गर्न लागिएको जनाइएको निर्देशिकामा स्थानीयपालिकाका उपप्रमुख÷उपाध्यक्षको संयोजकत्वमा मलखाद आपूर्ति समिति गठनको व्यवस्था गरिएको यो सामितिलाई आफ्नोक्षेत्रमा मल बिक्री गर्ने अधिकृत बिक्रेताको सिफारिसको कामको अलावा मल आपूर्तिको व्यवस्थापन लगायतका विषयमा अनुगमन गर्नेजिम्मेवारी दिइएको जनाइएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago