कण्डेल दाजुभाई पशु पालन बाट आत्म निर्भाह हुँदै ।

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट –४ का राजेश कण्डेल र थानेश्वर कण्डेल दाजुभाईले दैनिक ३ सय ५० लिटर बढी लिटर भन्दा बढी दुध बेचेर आम्दानी गर्दै आउनुभएको छ ।

गोठमा अहिले ३२ माउ भैसी सहित ५० वटा साना ठुला भैसी पाल्दै आएका कण्डेल दाजुभाइको दाजुभाई कृषि फार्मबाट दैनिक ३ सय ५० लिटर बढि दुध बिक्री हुन्छ । दाजुभाईले मासिक ८ लाख रुपैया बढिको दुध बिक्री हुने गर्दछन । फार्ममा ६ जना कामदारले समेत रोजगार पाएका छन् । उनी कहाँ गोठबाटै दैनिक ३० देखि ३२ हजारको दुध बिक्री हुन्छ । फर्म संचालक राजेश कण्डेलका अनुसार मासिक रुपमा दाना र परालमा ३ लाख बढी खर्च हुन्छ । पारिश्रमिक र बैक ब्याजलगायतको खर्च हुन्छ र भैसी थप पनि गर्दै आएका छौ –राजेशले भन्नुभयो – सधै एकैनाशको आम्दानी नहुने भएकोले बार्षिक कति हुन्छ भन्न सकिन्न । गोठमा दुध लिन बिहान उपभोक्ताहरुको लाइन लाग्ने गर्दछ । डेरीमा अझ सम्म दुध बेच्नु नपरेको उहाँ बताउनुहुन्छ ।

नगरपालिकाले घाँसका बिउ र केही सामान सहयोग गरेको उहाँले बताउनुभयो । अनुदान पाए अझ धेरै गर्न सक्थ्यौ – कण्डेलले गुनासो गर्नुभयो – तर गरेकै छौ गरे जस्तै पनि भएको छ । उत्साही छौ । सरकारी अनुदानका ठूला कार्यक्रम आफू कहाँ नआएको उहाँको भनाई छ । गोठबाटै प्रतिलिटर रु ८० मा दुध बिक्री हुने गरेको छ । कण्डेल दाजुभाईको मिहिनेत र लगन राम्रो रहेको फार्मका छिमेकीहरु बताउछन् । बर्दघाट नगरमा ७ हजार लिटर दुध उत्पादन हुन्छ । नगर दुधमा आत्मनिर्भर हुने अवस्थामा छ । नगर प्रमुख धीरज शर्मा बस्यालले नगरले कृषकमुखी योजना ल्याएको बताउनुभयो । कृषिबाटै नगरको समृद्धि हुने भएकोले कृषकका योजना प्राथमिकतामा राखेको नगर प्रमुख बस्यालको भनाई छ । नगरपालिकाले सिजन अनुसार घाँसका बिउ , गोठ सुधार तथा पशुमा उन्नत नश्लको सिमोन , थुनेलो रोकथाम र बिभिन्न भ्याक्सिनका कार्यक्रम गर्दै आएको छ । पशुपन्छी विकास शाखा प्रमुख भरत लम्साल भन्नुहुन्छ । – प्राबिधिक परामर्श पनि दिएकै छौ । यहाँ भएका कार्यक्रम हामीले दिएका छौ । नगरमा १४२ वटा गाइ तथा भैसीका फार्म छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago