३२ वर्षअघिको सपना पूरा गर्दै ह्वाइट हाउस छिर्न सफल बाइडन !

काठमाडौं, कात्तिक २३ अन्ततः जो बाइडन ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकीराष्ट्रपतिमा निर्वाचित हुन सफल हुनुभएको त्यो पनि २८ वर्षपछि बहालवाला राष्ट्रपतिलाई दोस्रो कार्यकालका लागि ह्वाइट हाउसपुग्न बाटो छेक्दै

 

बाइडन निकै प्रतिष्पर्धी, लामो, विवादित बनेको निर्वाचन प्रक्रियामा रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदैअमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो

जो बाइडन यस्तो समयमा मुलुकको बागडोर सम्हाल्न पुग्नुभएको , जुन बेला समग्र अमेरिका विभाजित मानसिकतामा श्वेत अश्वेत अमेरिकीबीचको खाडल मात्र बढेको छैन, कोरोना महामारीले सन्त्रस्त बनाएको समाज थलिएको अर्थतन्त्रलाई सम्हाल्नु

आप्रवासीहरुप्रति चार वर्षे ट्रम्प प्रशासनले मच्चाएको ताण्डवलाई शान्त पार्दै उनीहरुसमेतको विश्वासमा मुलुकलाई एक बनाएर अगाडीबढाउने नेतृत्व गर्ने जिम्मेवारी सात करोडभन्दा बढी अमेरिकीले ७७ वर्षीय बाइडनको काँधमा हालिदिएका छन्

ट्रम्पको कार्यकालमा विश्वस्तरमा खुम्चिएको अमेरिकी प्रभाव विस्तारदेखि बेरोजगार बनेका लाखौं अमेरिकन युवाको आशा उहाँमाथि नैआएर अडिएको

 

सन् १९४२ नोभेम्बर २० मा अमेरिकाको पेन्सिलभानियामा जन्मनुभएका जोशेफ रोबिनेट बाइडेनको लामो राजनीतिक यात्रा रहेको तेस्रो पटकको प्रयासमा अमेरिकी राष्ट्रपति बन्दै ह्वाइट हाउस प्रवेश गर्ने ढोका खुलेको उहाँ, यसअघि सन् २००९ देखि २०१७ जुन २० सम्मआठ वर्ष बराक ओबामाको राष्ट्रपतिकालमा उपराष्ट्रपति रहनुभएको थियो

सन् १९७२ मा २९ सै वर्षको उमेरमा डेलावरबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्नुभएका उहाँ उपराष्ट्रपति बनेर ह्वाइट हाउस नछिर्दासम्मलगातार ३६ वर्षसम्म त्यहाँबाट सिनेटमा प्रतिनिधित्व गरिरहनुभयो

सन् १९७० देखि राजनीतिक जीवनको यात्रा थाल्नुभएका उहाँ पाँच दशकदेखि अमेरिकी राजनीतिका दीर्घ सेवक हुनुहुन्छ ओबामाकार्यकालमा ४७ औं उपराष्ट्रपति बनेर वर्ष अमेरिकी संसदको माथिल्लो सदन सिनेटको अध्यक्षतासमेत गर्नुभएको

पहिलो पटक ह्वाइट हाउस छिर्न बाइडेनले सन् १९८८ मा राष्ट्रपति निर्वाचनमा प्रत्याशीका रुपमा अभियान चलाउनु भएका थियो तरबेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछी उहाँ अभियानबाट बाहिरिनु परेको थियो त्यतिबेला उहाँ निकै राम्रोभाषण कलाका कारण चर्चामा हुनुहुन्थ्यो

दोस्रो पटक उहाँ २००८ मा राष्ट्रपति बन्ने मनसायका साथ पार्टीको उम्मेदवार छानिन मैदानमा आउनुभयो तर पार्टीको उम्मेदवार चुनिनेनिर्वाचनहरुमै उहाँ तत्कालीक उच्चप्रभावी प्रतिष्पर्धी बराक ओबामा हिलरी क्लिन्टनसँग टिक्नसक्नु भएन

यथेष्ट चुनावी खर्च जुटाउन समर्थकको भीड जम्मा पार्न पनि नसकेपछि उहाँ मैदानबाट बाहिरिनुभयो तर त्यो उम्मेदवारी फिर्तालेउहाँलाई ओबामासँगै वर्ष ह्वाइटहाउसमा रहेर काम गर्ने अवसर दिलाइदियो ४६ औं राष्ट्रपतिका लागि मार्ग प्रशस्त पनि बनाइदियो

सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष समेत रहनुभएका बाइडेन प्रखर अमेरिकी राजनीतिज्ञ मानिनुहुन्छ सन् १९९१ मा पहिलोखाडी युद्धको विपक्षमा उभिनुभएका उहाँले सन् २००३ मा भने इराक अतिक्रमणको समर्थन गर्नुभएको थियो आतंकवादका विपक्षमाउभिनुहुने उहाँ इराकमा अमेरिकी संलग्नताको आलोचक पनि रहनुभयो

आतंकवादी समूह अलकायदाका नाइके ओसामा बिन लादेनलाई मार्नेभन्दा सम्झौता गर्न उहाँले तत्कालीक राष्ट्रपति बाराक ओबामालाईसुझाव दिनुभएको थियो प्रखर वक्ता मानिनुहुने बाइडेन सामान्य नागरिकसँग भने निकै सहज घुलमिल हुन रुचाउने छवी बनाउनुभएको

उहाँको यही छवीकै कारण चुनावी अभियानमा मजदुर कामदार वर्गलाई जुटाएको मत तान्नुभएको बताइन्छ पत्नी छोरीलाई कारदुर्घटनामा गुमाउनु परेका उहाँले सोही दुर्घटनामा घाइते अर्का एक छोरालाई भने ब्रेन ट्युमरका कारण गुमाउनु परेको बाइडेनलेपहिली पत्नी नेलिया हन्टरको मृत्यपछी जिलसँग दोश्रो विवाह गर्नुभएको हो

अमेरिकाको डेलावयरबाट उच्च शिक्षा हासिल गर्नु भएका बाइडेन राजनीति शास्त्र कानूनका विद्यार्थी रहनुभएको थियो उहाँले सन्१९७१ मा अमेरिकाका विल्मिङटनको फर्म समेत सञ्चालन गर्नुभएको थियो तस्वीरः विकिपिडिया

एजेन्सीको सहयोगमा

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago