कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने ऊर्जामन्त्री पुनको तयारी

काठमाडौंऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको नेतृत्व हितेन्द्रदेव शाक्यलाई दिने तयारी अघिबढाएका छन्। प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्य अहिले प्राधिकरणकै सहायक कम्पनीएनइए इन्जिनियरिङकम्पनीको प्रबन्ध निर्देशक छन्। 

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाईशाक्यको काज फिर्ता गराउन निर्देशन दिएका हुन्। प्राधिकरण सञ्चालक समितिका एक सदस्यले दिएको जानकारीअनुसार शुक्रबारमन्त्री पुनले कोइरालाई शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाउन भनेका हुन्। 

शाक्यलाई सहायक कम्पनीबाट प्राधिकरणमा फर्काउने रिक्त कार्यकारी निर्देशकमा उनैलाई लैजाने तयारी गरिएको छ। प्राधिकरणसञ्चालक समितिका सदस्यले दिएको जानकारीअनुसार पहिले उनलाई सहायक कम्पनीबाट फिर्ता बोलाउने पछि कार्यकारी निर्देशकबनाउने तयारी मन्त्री पुनले गरेका छन्। 

एनइए इन्जिनियरिङ कम्पनीमा प्राधिकरणकोतर्फबाट गएका सबै कर्मचारीको काज समय सकिएको रहेछ,’ ती सञ्चालकले भने, ‘शाक्यलाई प्राधिकरणमा फर्काउन अन्यको काज थप गर्न मन्त्रीले निर्देशन दिनुभएको हो।

प्राधिकरणले अन्य कर्मचारीको काज समय थपिसकेको छ। शाक्यलाई भने अहिलेसम्म काज फिर्ताको पत्र दिइएको छैन।प्राधिकरणको १२ औँ तहका उनलाई तत्कालीन् कार्यकारी निर्देशक कुलमान घिसिङले एनइए इन्जिनियरिङ कम्पनीको नेतृत्व गर्नपठाएका थिए। 

प्राधिकरणका तत्कालीन् कार्यकारी निर्देशक घिसिङको कार्यकाल गत भदौ २८ गते सकिएको थियो। त्यसपछि कोइरालाले निमित्तकार्यकारी निर्देशकको रूपमा प्राधिकरणको नेतृत्व गरिरहेका छन्। उपकार्यकारी निर्देशकमध्ये शाक्य वरिष्ठ रहेकाले उनी प्राधिकरणफर्किए वरिष्ठताका आधारमा कोइरालाको ठाउँमा उनी हुनेछन्। 

मन्त्री पुनले प्राधिकरणमा घिसिङलाई दोहोर्याउने सार्वजनिक अभिव्यक्ति दिए पनि मन्त्रिपरिषद्बाट निर्णय भने गराउन सकेनन्।शाक्यजीलाई बिस्तारै प्राधिकरणको नेतृत्वमा अघि बढाउने मन्त्री तयारी देखिन्छ,’ प्राधिकरण सञ्चालक समिति स्रोतले भन्यो। 

शाक्य मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सुरुवाती कागजता तयार गर्ने कामदेखि संलग्न थिए। तत्कालीन् ऊर्जामन्त्री राधाज्ञवालीले उनलाई एमसिसी पठाएकी थिइन्। उनले यसअघि चिलिमेमा प्लान्ट म्यानेजर भएर काम गरेका छन्। 

चिलिमेअन्तर्गतको सान्जेन आयोजना अघि बढाउँदा जग्गा अधिग्रहणको काममा विवाद भएपछि उनी अफगानिस्तान गए। ज्ञवाली मन्त्रीभएकै बेला २०७१ सालमा चिलिमेको प्रमुखबाट घिसिङलाई फिर्ता बोलाउन शाक्यले पनि मुख्य भूमिका खेलेको प्राधिकरणकैकर्मचारीहरू बताउँछन्। उनी जिम्मेवारी लिन खोज्ने तर निर्णय क्षमता नभएका अस्थिर व्यक्तिका रूपमा चिनिन्छन्।

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago