पाल्पा तिनाउ मस्याम सिस्ने खाेलाकाे इतिहास ।

सन्ताेष गहतराज , पाल्पा ।पछिल्लो समयमा यातायात  प्रयाेगले गर्दा मानिसहरूलाई निकै सजिलो भएको छ । अहिले यातायातकाे सुविधाले गर्दा मानिसहरू जति बेला जहाँ पनि छिटो र छरिताे रूपमा पुग्न सक्ने भएको छ । कुनै सामानहरू बाेक्नु पर्दैन यातायातका साधनहरूले धेरै वजनदार सामानहरू पनि  सजिलैसँग ल्याउन लैजान सकिने भएको छ । तर जति बेला यातायातका साधनहरूकाे प्रयाप्त मात्रामा विकास भएको थिएन ।

त्यति बेला मानिसहरूले आफुले उत्पादन गरेको बस्तु लैजाने र आवश्यक  बस्तु साटासाट गरि ल्याउने गर्दथे । जस्लाई बस्तु विनिमय पनि भनिन्छ । करिब २०२२ साल भन्दा अघि जतिबेला यातायातका साधनहरूकाे प्रयाप्त मात्रामा विकास भएको थिएन याे तस्बिर त्यही बेला मस्यामकाे सिस्ने खाेलाकाे हाे । त्यति बेला गुल्मी,स्याङ्जा,पाल्पा,कास्की,तनहुँ तथा पर्वत समेतका  मानिसहरू पैदल गरि नुन,खाधपदार्थ तथा लत्ताकपडा लिन बुटवल तथा भारत सम्म पुग्दथे । त्यति बेला यातायात सुविधा पनि नभएको र माेटरबाटाेहरू पनि थिएनन मानिसहरू जङ्गलकाे सानाे बाटाे (गाेरेटाे)प्रयाेग गरि  मस्यामकाे सिस्ने खाेला,हटिया,देउराली लगाएतका हुँदै भारी बाेक्ने बाटो प्रयाेग गर्थे । मानिसहरू अाफ्नाे घरबाट एकै दिनमा पुगेर फर्कन नसक्ने भएमा राति परेमा सिस्ने खाेलामा आई बाँस बस्ने गर्थे र भाेक लागेमा मानिसहरूले त्यहि  खाना पकाएर खाने गरेकाे पाइन्छ । माथिकाे तस्बिरमा मानिसहरूले आफुले उत्पादन गरेको घ्यु,मह,फापर लगाएतका सामानहरू बेच्न लैजाने र त्यहीबाट आफुलाई चाहिने सामान डाेकाेमा भारि बनाएर ल्याउदा भाेक लागे पछि मस्यामकाे सिस्नेखाेलामा  खाना पकाएर खाएकाे कुरालाई संकेत गरेको छ । मस्यामका पुर्व गा वि स अध्यक्ष पुर्ण बहादुर खाम्चाका अनुसार मानिसहरू गाेरेटाेबाट हुँदै डुम्रे, हटिया, विचारी पानी,साङ्गाेरि मरेक , सिस्नेखाेला, सेतिवगर, घाेडेवास,वाेटेगाउ,दाेभान हुँदै वुटबल पुग्ने गरेको बताउनु भयाे । याे तस्बिरमा मानिसहरू खासगरी मस्यामकाे सिस्ने खाेलामा मानिसहरूले बाँस वस्ने क्रममा खाना पकाएकाे बताउनु भयाे । खाम्चाका अनुसार पहिला पहिला यातायातकाे सुविधा नहुदा मानिसहरूले खच्चडहरू प्रयाेग गरि अत्यावश्यक सामानहरू ल्याउने गरेको बताउनु भयाे । साेहि सिस्ने खाेलामा मानिसहरूकाे अावतजावत बढि हुने भएकोले साना साना खरका झुपडीहरू बनाएर चिया तथा नास्ताहरू विक्री गर्ने गरेको बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago