नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सथामा ट्रास्कफोर्स गठन गरेको हो।

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड १९ बाट प्रभावित पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भन्ने विषयमा सुझाव दिन टास्कफोर्स गठन गरेको छ ।

एसकेएएल, पाटालगायत सम्पूर्ण पर्यटन क्षेत्रका संघ-संस्था एवं अग्रज पर्यटन व्यवसायी समेतलाई सल्लाहकारका रुपमा समेटेर बोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा पर्यटन पुनरुत्थान टास्कफोर्स गठन गरी काम सुरु गरेको बोर्डले जनाएको छ ।

कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिन सकिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय अभ्यासहरु समेतको अध्ययन गरी सुझावहरु निरन्तर दिने जनाइएको छ । सो सुझावअनुसार सम्पूर्ण व्यवसायीहरुलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पुर्‍याउने बोर्डले जनाएको छ । उक्त कार्यदलले तत्काल पर्यटनका गतिविधिहरुलाई सुरक्षित ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निराश हुँदै गएका व्यवसायी तथा मजदुरहरुलाई के कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने पनि मार्ग पहिल्याउन सहयोग गर्ने जनाइएको छ ।

कोभिड १९ महामारीले नेपालीको जनजीवन तहसनहस पारेको छ भने मूलुककै अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको बोर्डले जनाएको छ । देशको विदेशी मुद्राआर्जनको भरपर्दो स्रोत एवं रोजगारी सिर्जना तथा सिंगो मुलुकको अर्थतन्त्रको भविष्यको बलियो आधारका रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्र यो महामारीको सबैभन्दा ठूलो सिकार बन्‍न पुगेको छ । चैत ११ देखि लकडाउन सुरु भएयता पर्यटन क्षेत्रमा आश्रित लाखौं परिवारलाई बिचल्ली बनाएको र हजारौं व्यवसायी पलायन हुने अवस्थामा पुगेको बोर्डले जनाएको छ ।

महामारीबीच पर्यटन क्षेत्रलाई सुरक्षाको सबै विधि अपनाई सञ्चालन गर्न प्रोटोकल तयार गरी लागु गर्ने, सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा व्यवस्था गरिएको आर्थिक प्याकेजहरुलाई नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी पर्यटन व्यवसायीहरुको बीचमा थप स्पष्ट पार्ने कार्य गर्ने, पर्यटन मजदुरहरुलाई अल्पकालीन भए पनि रोजगार सिर्जना गर्न अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्नेजस्ता कार्यहरु बोर्डले गर्दै आएको जनाएको छ । 

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago