नक्कली प्रेस कार्ड बोक्ने र छाप्नेविरुद्ध प्रहरीले थाल्यो कारबाही, तीन जना पक्राउ ।

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गर्दा काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । सरकारले निषेधाज्ञाको बेला स्वास्थ्यकर्मी र पत्रकारलाई हिँड्डुल गर्न कतै रोकतोक गरेको छैन । पत्रकारहरु कार्यालयकै परिचयपत्रले सजिलै हिँड्डुल गर्न पाउँछन् । पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिँडडुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने सरकारले नै निर्णय गरेको छ ।

त्यही भएर पनि होला – पछिल्लो समय काठमाडौँ उपत्यकामा प्रेस लेखिएको गाडी जताततै देखिन्छ । उपत्यकाको अधिकांश सडकमा प्रेस लेखिएको गाडी र मोटरसाइकल हुइँकिरहेका छन् । 

के तिनीहरु सबै पत्रकार हुन् त ? कतिपय ठूला मिडिया हाउसका पत्रकारहरू समेत यतिबेला रोजगारी गुमाएर घरमा थन्किएर बसेका छन् । तरपनि सडकमा प्रेस लेखेको गाडी बढेको बढ्यै छ । अर्को कुरा अधिकांश पत्रकारको गाडी चड्ने हैसियत पनि छैन । 

कसलाई के थाहा गैरपत्रकारहरु प्रेस लेखेर जथाभावी हिँडिरहेको छन् भनेर ? सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने पनि होइन ? उपत्यकामा प्रेस लेखिएका महँगा गाडी हुँइकिरहेका बेला नेपाल पत्रकार महासंघले समेत आफ्नो चासो दिएको थियो । 

यो पनि…

प्रेस पासको दुरुपयोग बढेसँगै पत्रकार महासंघको ध्यानाकर्षण

यस्तैमा सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गर्यो । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको खुलासा भयो । 

प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् । 

ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ महाशाखाले जनाएको छ । प्रहरीले न्यौपानेका कम्पनीमा छापा हानेको समयमा रेग्मी कार्ड लिन आएका थिए । 

पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको छ । बरामद कार्डमा प्रेस लेखिएको महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए । 

‘स्वास्थ्यकर्मीको कार्ड समेत उनीहरुले बनाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ,’ एसएसपी थापाले भने, ‘एउटा कार्डको ५०० रुपैयाँ लिने गरेको पाइएको छ ।’

होम डेलिभरी गरेमा एक सय रुपैयाँ बढी लिने गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । कम्युटरमा कार्ड डिजाइन गरेर प्रिन्टमार्फत निकालेपछि कम्युटरमा केही पनि राख्ने नगरेको पाइएको एसएसपी थापाले बताए । प्रेस र स्वास्थ्कर्मीको नक्कली कार्ड बनाएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो । 

अभियुक्तहरुले नजिकका चिनेजानेका साथीहरुलाई नै बढी कार्ड बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नजिकका साथीहरुलाई बनाउँदा–बनाउँदै अन्य व्यक्तिहरुलाई समेत बनाइदिने गरेको पाइएको छ । 

एसएसपी थापाले पछिल्लो समय प्रेस लेखेको सवारी साधनलाई नरोक्ने भएको कारण प्रेस कार्डको दुरुपयोग बढेको दावी गरे । ‘पत्रकारकै कार्ड देखाएर अवैध धन्दा समेत हुने गरेको छ,’ एसएसपी थापाले भने ।

सम्बन्धित जिल्लाको शाखालाई अनुगमन गर्न निर्देशन दिएका छौं : गोविन्द आचार्य

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय प्रेस कार्डको दुरुपयोग बढेको खबर पाएपछि सम्बन्धित जिल्लाको शाखालाई समेत अनुगमन गर्न निर्देशन दिएको बताए ।

वास्तविक पत्रकारलाई कुनै रोकतोक नभएको बताउँदै अध्यक्ष आचार्यले नक्कली प्रसे कार्ड बोकेर हिँड्नेलाई चेकजाँच गर्न प्रहरीलाई आग्रह गरेको जानकारी दिए । प्रेसको दुरुपयोग हुन नदिने आचार्यले बताए । 

आचार्यले सर्लाहीमा प्रेस लेखेको मोटरसाइलकमा हतियार ओसारपसार गरेको थाहा पाएपछि महासंघले प्रहरीलाई खबर गरेको स्मरण गरे । त्यस्ता अवैध कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही हुनुपर्ने आचार्यले बताए । 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago