गरिबहरुका समस्या कहिलेसम्म निराकरण हुन्छन् सरकार ?

धुर्ब किरण भुल
सिगास -०२ गाजरी, खुदाईनगर
(बैतडी )
दिनभरि मजदुरि गरेर बेलुकि तिर चुल्होमा आगो बाल्ने र एकछाक टार्ने न्यून आएभएका निमुखा बर्ग लाई गरिब भनेर चिनिन्छ र ती गरिबहरुलाई झुटा आश्वासन, ठुला ठुला सपना देखाएर भोट मागिन्छ अनि चुनाव मैदान जितिन्छ।चुनाव मैदान जितिसकेपछि अाफुले गरेका बाधाहरु बिर्सिन्छन् अनि फेरि तेहि कुरा दोहर्याएर घरदैलो चहार्छन र ती गरिबहरुलाई फेरि तेस्तै झुटा आश्वासन सपनाहरु लोप लालच देखाएर चुनाव जित्छन् तर गरिबका समस्याहरूलाई देख्दैनन्।

आखिर यस्तो प्रबृत्ति कहिले सम्म रहिरहने?आखिर यिनिहरु गरिब, निमुखा,सर्बहारा,आवाजबिहिन हरुका लागि काम किन गर्दैन? कहिले सम्म गरिब, दलित,आवाज बिहिन ,निमुखा माथि दमन ,शोषण,अत्याचार गरिरहन्छन्। कोरनाको कारण कयौ गरिबहरु पिल्छिरहेका छन्,भोकभोकै मरिरहेका छन्।दिनभरि कामगरेर बेलुकि छाक टार्ने हरुको चुल्होमै आगो बल्न बन्द भएको छ यस्मा खैत सरकारको ध्यान गएको?

बिरामीहुदा निशुल्क रुपमा पाइने सिटामोल पनि किन मिल्दैन गरिबहरुलाई?झन यो कोरनाको कारण कयौ गरिबहरु PCR परिक्षण गर्न नपाएर तेस्तैरहिरहेका छन् आखिर यस्तो किन?गरिब हरु कहिलेसम्म पिल्सिने ?धनिहरु झन झन धनि बन्दै जाने र गरिबहरुलाई दमन ,शोषण,विभेद झन गरिब बानाउने नियति कहिले सम्म कायमै रहन्छ सरकार?

अबतअति भयो अति गरिबिको कारणलेनै समाज,देशमा दर्दनाक समस्याहरू निम्त्याएको छ।भोकमरि,विभेद,द्वन्द्व ,अशिक्षा जस्ता यावत समस्याहरु गरिबिले सिर्जना गरेको छ।तेसैले अब गरिबी हटाउनको लागि हामिहरुले एकजुट भएर कडा परिश्रम गर्नु पर्ने देखिएको छ।

हामी गरिबहरु एकजुट हुनु अनिवार्य छ ।गरिबहरु माथि घटेका घटनाहरु ,समस्याहरू को हामिले ऊजागर सहित समाधान गर्नुपर्छ।हामी हरु बिरुद्ध भैरहेका दमन ,शोषण,अत्याचारका बिरुद्धमा हामिरुले खुलेर बिरोध गर्नुपर्छ ।गरिबहरुको एकता बद्व आवाज गरिब बिरुद्व भैरहेका नकारात्मक कार्य बिरुद्ध फ्याक्नु पर्छ।हामिहरुले अबपनि ती झुटा आश्वासन, सपनाहरु,लोपलालच मा अल्झिनु हुदैन हामिहरुको यहि नियितिले हामी पछि परिरहेका छौ ,गरिबी बढिरहेको छ तेसैले हामिहरुले स्वार्थमा बिक्नुहुदैन हामिहरु एकजुट भएर गरिबि हटाउन तर्फ लाग्नुपर्छ।जय गरिबजय नेपाली जय देश

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago