माथागढी गाउँपालिकालले समुदायस्तरमा काेराेना जाँचकाे लागि स्वाब संकलन

२०७७, १३ भाद्र शनिबार २१:०६

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले समुदादायस्तरमा काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरेकाे छ । गाउँपालिकाले एक सय ४१ जनाको स्वाब संकलन गरेको छ ।

गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको हो
जिल्लामा संक्रमण समुदायस्तरमै पुगिसकेकाले परीक्षणको दायरालाई फराकिलो बनाउका लागि परीक्षणलाई तिव्रता दिइएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताए । उनले परीक्षणले सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्ने भएकाले नमूना परीक्षण कार्यक्रम अघि सारेको जानकारी दिए ।

दुईदिनसम्म लगाएर समुदायस्तरका व्यक्तिहरुको पिसिआर परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए । उनका अनुसार स्वाब संकलन गरी भदौ ११ गते भैरहवा प्रयोगशालामा पठाइएको छ ।

Comments

ताजा खबर