कोरोना संक्रमितको मृत्यु

२०७७, १२ भाद्र शुक्रबार २०:४५

पाल्पा । तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षिय महिलाको उपचारको क्रममा साँझ मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा कक्षमा उपचारत महिलालाई भदौं ७ गते कोरना संक्रमण पुष्टि भएको थियो । आइसोलेशनमा उपचार भइरहेको अवस्थामा स्वाबप्रस्वासको समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको तर शुक्रबार बेलुका मृत्यु भएको लुम्बिनी मेडिकल कलेज पाल्पाका अस्पताल निर्देशक डा. राजु शाक्यले बताउनु भयो ।

मुटु सम्बन्धि बिरामी रहेको उनलाई थप समस्या देखिएपछि भदौं ५ गते अस्पताल भर्ना भएकी थिइन् । उच्च ज्वरो र कोरोनाको लक्षण देखिए पछि स्वाब संकलन गरेर परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनी समुदाय स्तरमै रहेर उपचारका अस्पताल आएकी महिलामा कोरोना संक्रमण कसरी हुन पुग्यो भन्ने त्यस्तो तथ्य फेला परेको छैन । उनको १८ महिनाको बच्चा र श्रीमान्को परिक्षणका नेगेटिभ देखिएको थियो । यस अगाडी पूर्वखोला घर भई भरातबाट फर्किएका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । पाल्पामा ५ सय ७३ जना कोरोना संक्रमित भएकोमा ५ सय ६१ जना निको भइ घर फकिएका छन् ।

Comments

ताजा खबर