आज थपिए ६ सय ३४ जना, कुल कोरोना संक्रमीत ३१ हजार नाघे

२०७७, ६ भाद्र शनिबार १६:४८

काठमाण्डौ । नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमीतको पुष्टि भएको छ यो सगै कुल संक्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ । त्यस्तै गएको २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आज १३६ डिस्चार्ज भएका छन । निको भई घर फर्किनेको कुल संख्या १८ हजार ३ सय ५० जाना रहेको छ भने मृत्यु हुनेको संख्या १४६ जना पुगेको छ ।

Comments

ताजा खबर