स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार

पाल्पा । स्कूल अफ डेमोक्रेसी पाल्पामा अजय कर्माचार्यकाे अध्यक्ष तामा कार्य समिति विस्तार भएको छ । लाेकतन्त्र तथा कानुनी राज्य स्थापनाकाे लागि गैरसरकारी सस्थाकाे रूपमा अाएकाे स्कुल अफ डेमोक्रेसी कार्यसमिति विस्तार भएको हाे । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सभासद वीरबहादुर रानाको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा राधेश्याम घिमिरे, सचिवमा प्रफुल्ल शर्मा, सह–सचिवमा दिपक पाण्डे र कोषाध्यक्षमा सौन्दर्यवती शाक्य चयन भएका छन् । यसैगरी सदस्यहरुमा उदयराज घिमिरे, खगेन्द्र न्यौपाने, गिरीजा गैरे, अच्युत भट्टराई, निशिका श्रेष्ठ, अमृता दर्जी, दिलकुमारी माझी, सुवाष पोखरेल, तर संञ्जीत घिमिरे, अञ्जलिप श्रेष्ठ, विजयकुमार ज्ञवाली र सन्तोष गहतराज रहेका छन् । समितिले सन्तोष गहतराजलाई प्रेस सस्थाको सुचना अधिकारीकाे जिम्मेवारी तोकेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति रानाले लोकतन्त्र, प्रजातन्त्र र कानुनी राज्य स्थापना गर्न खवरदारी गर्न युवामा लोकतन्त्रको पैरवीको लागि स्कूल अफ डेमोक्रेसीले काम गर्ने बताए । मुलुकमा विधीको शासन स्थापित गर्न स्कूल अफ डेमोक्रेसीले महत्वपूर्ण भूमिका खेल्ने रानाले बताए । कार्यक्रममा प्रेस युनियनका पूर्व जिल्ला सभापति जगदीश भट्टराईले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र भइरहेकाले स्कूल अफ डेमोक्रेसीले खवरदारी गर्नुपर्ने, युवाहरुमा जनचेतना जगाउनु पर्ने बताए ।

कार्यक्रम माथि प्रकाश पार्दै स्कूल अफ डेमोक्रेसीका अध्यक्ष अजयमान कर्माचार्यले लोकतन्त्रलाई बलियो बनाउन, सबै किसिमका अधिकार मताधिकारमा विश्वास गर्न, सबै पार्टीका नेताहरु लोकतन्त्रको बहस चलाउन सकिने बताए । संस्थाका व्यक्तिहरु कुनै न कुनै रुपमा राजनीतिमा जोडिए पनि प्रमुख उद्देश्य लोकतन्त्रलाई बलियो बनाउने भएको अध्यक्ष कर्माचार्यले बताए । कार्यक्रम अजय कर्माचार्यको सभापतित्व, राधेश्याम ज्ञवालीको स्वागत, सह–सचिव दिपक पाण्डेको सञ्चालनमा भएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago