पाल्पा । स्कूल अफ डेमोक्रेसी पाल्पामा अजय कर्माचार्यकाे अध्यक्ष तामा कार्य समिति विस्तार भएको छ । लाेकतन्त्र तथा कानुनी राज्य स्थापनाकाे लागि गैरसरकारी सस्थाकाे रूपमा अाएकाे स्कुल अफ डेमोक्रेसी कार्यसमिति विस्तार भएको हाे । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सभासद वीरबहादुर रानाको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा राधेश्याम घिमिरे, सचिवमा प्रफुल्ल शर्मा, सह–सचिवमा दिपक पाण्डे र कोषाध्यक्षमा सौन्दर्यवती शाक्य चयन भएका छन् । यसैगरी सदस्यहरुमा उदयराज घिमिरे, खगेन्द्र न्यौपाने, गिरीजा गैरे, अच्युत भट्टराई, निशिका श्रेष्ठ, अमृता दर्जी, दिलकुमारी माझी, सुवाष पोखरेल, तर संञ्जीत घिमिरे, अञ्जलिप श्रेष्ठ, विजयकुमार ज्ञवाली र सन्तोष गहतराज रहेका छन् । समितिले सन्तोष गहतराजलाई प्रेस सस्थाको सुचना अधिकारीकाे जिम्मेवारी तोकेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति रानाले लोकतन्त्र, प्रजातन्त्र र कानुनी राज्य स्थापना गर्न खवरदारी गर्न युवामा लोकतन्त्रको पैरवीको लागि स्कूल अफ डेमोक्रेसीले काम गर्ने बताए । मुलुकमा विधीको शासन स्थापित गर्न स्कूल अफ डेमोक्रेसीले महत्वपूर्ण भूमिका खेल्ने रानाले बताए । कार्यक्रममा प्रेस युनियनका पूर्व जिल्ला सभापति जगदीश भट्टराईले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र भइरहेकाले स्कूल अफ डेमोक्रेसीले खवरदारी गर्नुपर्ने, युवाहरुमा जनचेतना जगाउनु पर्ने बताए ।
कार्यक्रम माथि प्रकाश पार्दै स्कूल अफ डेमोक्रेसीका अध्यक्ष अजयमान कर्माचार्यले लोकतन्त्रलाई बलियो बनाउन, सबै किसिमका अधिकार मताधिकारमा विश्वास गर्न, सबै पार्टीका नेताहरु लोकतन्त्रको बहस चलाउन सकिने बताए । संस्थाका व्यक्तिहरु कुनै न कुनै रुपमा राजनीतिमा जोडिए पनि प्रमुख उद्देश्य लोकतन्त्रलाई बलियो बनाउने भएको अध्यक्ष कर्माचार्यले बताए । कार्यक्रम अजय कर्माचार्यको सभापतित्व, राधेश्याम ज्ञवालीको स्वागत, सह–सचिव दिपक पाण्डेको सञ्चालनमा भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…