सन्ताेष गहतराज,पाल्पा -नेपाली काङ्ग्रेस तानसेन नगरपालिका वडा न ११ ले पाल्पाको बन्दिपाेखरा नेपाली काङ्ग्रेसमा अास्था राख्ने नया सकृय सदस्यहरूलाई सकृय सदस्यता वितरण तथा सदस्यता नविकरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सवा सदस्य पदका उमेदवार नेपाली काङ्ग्रेस पाल्पाका पुर्व पाटी सचिव माधव नेपालले काङ्ग्रेसमा अास्था राख्ने सबै सकृय सदस्यहरूलाई सकृय भई काम गर्न अार्गह गर्दै नेपाली काङ्ग्रेस भनेकाे नेपालकाे सबैभन्दा पुरानाे प्रजातान्त्रिक पाटी रहेको बताउदै नेपाली काङ्ग्रेस नागरिकहरूकाे स्वतन्त्रतालाई ख्याल गर्ने प्रजातन्त्रिक पाटी रहेकाे बताउनु भयाे ।
साथै कम्युनिस्टकाे सरकारले अहिले देशमा तानाशाही शासन गर्न जमाउन खाेजेकाे जस्ले गर्दा नागरिकहरूले अाफुहरूले स्वतन्त्र रूपमा अाफुलाई लगेका कुराहरू पनि राख्न नपाउने स्थिति सिर्जना गर्न खाेजेकाे बताउनु भयाे । सरकारले काेराेनाकाे महामारी बेला पनि अान्तरिक पाटीकाे द्वन्द्व थिचोमिचो रहेको र काेराेनाकाे लडाइँमा ध्यान नदिएको बताउनु भयाे । जस्ले गर्दा अहिले सरकारबाट नागरिकहरू अाशा गरे अनुसारको प्रतिफल पाउन नसकेको बताउनु भयाे । साथै कम्युनिस्टकाे सरकारले गठन भइसके पछि कहिले सुन काण्ड,निर्मला हत्या काण्ड,बालुवाटार जग्गा काण्ड जस्ता काण्डे काण्डमा जेलिएकाे तथा देशमा चरम भस्टचार हुदा पनि सरकारले माैन बसेकाे बताउनु भयाे ।
यस्तो परिस्थिति नेपाली काङ्ग्रेसमा अास्था राख्ने सकृय सदस्यहरूलाई अब अाफना स्थानीय तहमा भएका कामहरू माथि अावाज उठाउन र सकृय भई काम गर्न पनि अार्गह गर्नु भयाे । कार्यक्रममा ट्रेड न्युनियन काङ्ग्रेसका पुर्व उपसभापति डुकुराज घिमिरेले नेपाली काङ्ग्रेस गुठ बन्धी भन्दा पनि एक भई सामाजिक कार्यमा सकृय भई काम लाग्नु पर्ने बताउनु भयाे । कार्यक्रम क्षेत्रीय सचिव अशाेक घिमिरेले अब सकृय सदस्यहरूलाई समयसमयमा बैठक बसि टाेलटाेलका समस्या बिच छलफल गर्न र पाटी भित्र राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड व्यवस्था गर्नु पर्ने पनि बताउनु भयाे ।
कार्यक्रममा तरूण दल तानसेन ११ का सभापति केशब खत्री,शिक्षक संघका पुर्व सभापति भाेजराज थापा लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम तानसेन ११ का सभापति यादब सिह कार्की अध्यक्षता र सचिव नर बहादुर शारूकाे सञ्चालन सम्पन्न भएकाे थियाे । कार्यक्रममा ४२ जना सकृय सदस्यकाे सदस्यता नविकरण गरिएको र करिब २१ जना नया सकृय सदस्यले अाबेदन दिएका छन । जसबाट १७ जनालाई छनाेट गरि सदस्यता दिने छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…