पाल्पाका सुन व्यवसायी भन्छन: मूल्य बढ्दै गयो, कारोवार शून्य भयो

सन्तोष गहतराज-पाल्पा, कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको पाल्पा सुनचाँदी व्यवसायी सङ्घका सचिव अशोक कुमार विश्वकर्मा बताउनुभयो । “यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।” प यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताउनुभयो ।

उहाले गोर्खाली भ्वाइससँगको कुसराकानीमा “लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोवार घटेर गएको हो । पाल्पामा लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन् । पाल्पा सुनचादी व्यवसायी संघले लकडाउनको समयमा कालिगढहरुलाई राहतका सामाग्रीहरु पनि प्रदान गरेको विश्वकर्मा बताउनु भयो ।


तानसेन शिलखान टोल करिब ३० बर्ष देखि सुनचादीको कारोबार गर्दै आउन भएका सुरेन्द्र गहतराज भन्नू हुन्छ यो भन्दा अघिल्लो बर्षहरूमा चाडपर्वको बेलामा सुनको कारोबार भ्याईनभ्याई हने गरेको बताउदै यो बर्ष भने भनी कारोबार शुन्य रहेको र खाफुहरूको व्यवसायलाई धेरै समस्या परेको बताउनुभयो ।
तानसेन बढिज्ञानटोलमा करिब ४ बर्ष देखि सुन पसल गरेरका कमल सुनारले पनि कोरोनाले कारण ३ महिना लकडाउन हुदा त व्यवसायमा प्रत्यक्ष प्रभाव परेको बताउदै पछिल्लो समयमा झन सुनको भाउ उच्च हुदा आफुहरु झन मर्कामा परेको बताउन भयो । साथै लकडाउन खुले पनि कोरोनाको उच्च जोखीम यथावत रही ग्राहकहरु कारोबार गर्न नआउदा व्यवसायीहरु समस्यामा परेको बताउनु भयो । विशेष गरी हरितालिका तिजको अवसरमा सुनका कारोबार बढी हुने भए पनि अहिले कारोबार करिब शन्य जस्तै रहेको बताउनु भयो ।

व्यापारीहरुको एक तर्फ यो समस्या छ भने कालिगढहरु पनि सुनको भाउ दिन प्रतिदिन बढदै जादा तथा ग्राहकहरु गरगहना बनाउन नआउदा आफुहरु पनि समस्यामा परेको बताउँछन । तानसेनको सिल्खानटालमा करिब ५ बर्ष देखि कालिगढको काम गर्र्दै आउनु भएका शुनिल सुनारले कोरोनाको संक्रमण भए सँगै सरकारले ३ महिना लकडाउन गर्दा कारोबार ठप्प भई समस्या परेको बताउने सुनार अहिले सुनको भाउ एक्कासि आकाशियर कारोबार नहुदा आफहरुलाई दैनिक जीवन यापन गर्न समेत अप्ठयारो परेको बताउनु भयो । त्यस्तै हुँगीका ईश्वर सुनारले नेपाली नारीहरुको चार्ड हरितालिका तिजको अवसरमा विषेश गरी अघिल्ला बर्षहरु राम्रो आम्दानी गर्ने गरेको बताउदै अहिले सनको भाउ आकाशियर कारोबार नहदा आफहरु मारमा परेको बताउनु भयो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago