पाल्पाका सुन व्यवसायी भन्छन: मूल्य बढ्दै गयो, कारोवार शून्य भयो

सन्तोष गहतराज-पाल्पा, कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको पाल्पा सुनचाँदी व्यवसायी सङ्घका सचिव अशोक कुमार विश्वकर्मा बताउनुभयो । “यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।” प यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताउनुभयो ।

उहाले गोर्खाली भ्वाइससँगको कुसराकानीमा “लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोवार घटेर गएको हो । पाल्पामा लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन् । पाल्पा सुनचादी व्यवसायी संघले लकडाउनको समयमा कालिगढहरुलाई राहतका सामाग्रीहरु पनि प्रदान गरेको विश्वकर्मा बताउनु भयो ।


तानसेन शिलखान टोल करिब ३० बर्ष देखि सुनचादीको कारोबार गर्दै आउन भएका सुरेन्द्र गहतराज भन्नू हुन्छ यो भन्दा अघिल्लो बर्षहरूमा चाडपर्वको बेलामा सुनको कारोबार भ्याईनभ्याई हने गरेको बताउदै यो बर्ष भने भनी कारोबार शुन्य रहेको र खाफुहरूको व्यवसायलाई धेरै समस्या परेको बताउनुभयो ।
तानसेन बढिज्ञानटोलमा करिब ४ बर्ष देखि सुन पसल गरेरका कमल सुनारले पनि कोरोनाले कारण ३ महिना लकडाउन हुदा त व्यवसायमा प्रत्यक्ष प्रभाव परेको बताउदै पछिल्लो समयमा झन सुनको भाउ उच्च हुदा आफुहरु झन मर्कामा परेको बताउन भयो । साथै लकडाउन खुले पनि कोरोनाको उच्च जोखीम यथावत रही ग्राहकहरु कारोबार गर्न नआउदा व्यवसायीहरु समस्यामा परेको बताउनु भयो । विशेष गरी हरितालिका तिजको अवसरमा सुनका कारोबार बढी हुने भए पनि अहिले कारोबार करिब शन्य जस्तै रहेको बताउनु भयो ।

व्यापारीहरुको एक तर्फ यो समस्या छ भने कालिगढहरु पनि सुनको भाउ दिन प्रतिदिन बढदै जादा तथा ग्राहकहरु गरगहना बनाउन नआउदा आफुहरु पनि समस्यामा परेको बताउँछन । तानसेनको सिल्खानटालमा करिब ५ बर्ष देखि कालिगढको काम गर्र्दै आउनु भएका शुनिल सुनारले कोरोनाको संक्रमण भए सँगै सरकारले ३ महिना लकडाउन गर्दा कारोबार ठप्प भई समस्या परेको बताउने सुनार अहिले सुनको भाउ एक्कासि आकाशियर कारोबार नहुदा आफहरुलाई दैनिक जीवन यापन गर्न समेत अप्ठयारो परेको बताउनु भयो । त्यस्तै हुँगीका ईश्वर सुनारले नेपाली नारीहरुको चार्ड हरितालिका तिजको अवसरमा विषेश गरी अघिल्ला बर्षहरु राम्रो आम्दानी गर्ने गरेको बताउदै अहिले सनको भाउ आकाशियर कारोबार नहदा आफहरु मारमा परेको बताउनु भयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago