नुवाकोटमा निषेधाज्ञा कोरोना सङ्क्रमण समुदायमा फैलियो

भाइरस सङ्क्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार साँझ बसेको बैठकको निर्णयानुसार जिल्लाको मुख्यमुख्य बजार क्षेत्र, बाहिरी जिल्लासँग सीमा जोडिएका नाका क्षेत्र, सडक मार्गको पहुँच भएको स्थानमा आज मध्यराती १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।

स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा नुवाकोटको विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र तोकिएको छ । यसैगरी बेलकोटगढी नगरपालिकाको वडा नं ५, ७, ८, १०, ११, १२ र १३ वडाको सबै क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ को सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाकाको वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा आज रातको १२ बजदेखि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं नुवाकोटका प्रजिअ ढकालले जानकारी दिनुभयो ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य काम गर्नेलगायतका अतिआवश्यक कामका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधनबाहेक अरु सवारीसाधन चल्नलाई रोक लगाइएको छ । अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने भनिएको छ ।

खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय गरिएको छ । निषेधाज्ञा क्षेत्रमा स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रवाहका कार्यालय खुल्न पाउनेछन् भने बैंक, वित्तीय संस्था, सहकारी संस्थासहित सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयको सेवासमेत १० दिनका लागि बन्द गर्न भनिएको छ । धार्मिक, सांस्कृतिक, सामाजिकलगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापमा पनि रोक लगाइएको छ । जिल्ला भित्रने सबै नाकाबाट अतिआवश्यक सेवाका सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधनबाहेक अन्य सवारीसाधन र पैदलयात्रुलाई समेत आवातजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

कोरोना भाइरसबाट जिल्लामा हालसम्म ५४ जना सङ्क्रमित देखिएका छन् भने सङ्क्रमण समुदायस्तरमै सरेको पुष्टि भएसँगै सङ्कट व्यवस्थापन केन्द्रले रोग नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । विदुर नपा–९ का एक महिलालाई कोरोना रोगको सङ्क्रमण देखिएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेका थप चार जनामा शुक्रबार कोरोना रोगको सङ्क्रमण पुष्टि भएसँगै निषेधाज्ञा लगाउने निर्णय गरेको हो । –––

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago