सन्ताेष गहतराज , पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाकाे रामपुरमा एक महिने माेटर ड्राइभिङ तालिम सम्पन्न गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषिराज अर्चायले तालिम सिकेर मात्र त्यस्काे अर्थ नहुने भन्दै सिकेका कुरालाई व्यवहारमा उर्तारन आग्रह गर्नु भयाे ।
साथै याे सिप अरू भन्दा अलि संम्वेदनशिल भएको र प्रत्यक्ष मानव जीवन सॅग जोडिएकोले यस बिषयमा जान्न जरूरी छ । साथै याे सिप मेशिनरि सँग सम्बन्धित रहेकाे हॅुदा जति प्रयोगमा ल्याउनुहुन्छ तेति धेरै सिपमा निखार पन आउने बताउनु भयाे ।
कार्यक्रममा रामपुर ड्राइभिङका प्रमुख जायश्वर पाण्डेले पछिल्लो समयमा सवारी दुर्घटनामा धेरै मानिस मृत्यु भएकाठले तालिमका सिकेको कुरालाई व्यवहारिक जीवन प्रयाेग गरी सवारी दुर्घटनाबाट जाेगिन आग्रह गर्नु भयाे ।
तालिमकाे प्रशिक्षक शिव डोटेल गर्नु भएकम र तालिममा दश वटै वडाका करिब २० जना सहभागी थिए । कार्यक्रमकाे सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका सहज कर्ता मनोज घिमिरेले गर्नु भएकाे थियाे ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…