अहिले धेरैको मुखमा झुन्डिने शब्द हो, पब्जी । फुर्सदमा सम्झने गेम हो, पब्जी । स्मार्टफोन भेट्नसाथ खोजिने गेम हो, पब्जी । पब्जी गेम भनेपछि कामधन्दा छाड्नेहरु पनि छन् । लेखपढ गर्न छाड्ने पनि छन् । यस्तो लाग्छ, उनीहरुको सपना-विपना पब्जी नै हो ।
भारतको पन्जाबमा एक किशोरले पब्जी (प्लेयर अन्नोन ब्याटलग्राउण्ड) गेम खेल्न हजुरबुबाको पेन्सन सकाएको सुन्दा यसको लतको बारेमा सहजै अनुमान लगाउन सुकिन्छ। ति किशोरले पब्जीको लतमै हजुरबुबाको २ लाख सकाएका हुन्। मोहाली जिल्लाका १५ वर्षीय ती किशोरले हजुरबुवाको पेन्सनको पैंसा पब्जीमा उडाएका हुन्। पब्जी गेममा भारतका मात्रै नभएर धेरै मूलुकहरुका युवायुवतीहरुको लत बढ्दो छ।
यसै वर्षको जनवरीबाट मात्रै खेल्न सुरु गरेका किशोरलाई बैंकको खाताबाट गोप्यरुपमा पैंसा खर्च गर्न स्कुलको सिनियरले सिकाएका थिए। पब्जीमा गेम खेल्नेबेला चाहिने विभिन्न सामग्री किन्नका लागि एपभित्रैबाट किन्न सक्ने फिचर रहेको छ । यद्यपी ती सामग्री नकिनेरै पनि गेम खेल्न सकिन्छ।
ती किशोरले दुई महिनामा पब्जी एपभित्रबाटै ५५ हजारको समाग्रीहरु किनेका रहेछन् । गेममा पैंसा तिर्नका लागि किशोरले पेटिएम (भारतको अनलाई पेमेन्ट सेवा) मा अकाउन्ट बनाएका थिए । त्यसका लागि उनले हजुरबुवाको सबै प्रमाणपत्रहरु प्रयोग गरेका थिए ।
परिवारले पछि बैंकबाट पैंसा निकाल्न पैसा कम पाएपछि सोधखोज गर्दा सबै कुरा बाहिरिएको हो । किशोरलाई यस विषयमा थप सोध्दै जादा उनले २ लाखभन्दा बढी पैंसा खर्च गरेको बताएका हुन् । उनको परिवारले अहिले यसरी उक्साएर ठगी गर्न सिकाउने स्कुलका सिनियरविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।
केहि दिनअघि पन्जाबकै एक युवकले उपचारका लागि भनेर बैंकमा जम्मा गरिराखेको १६ लाख रुपैंया पब्जीमा खर्च गरेको घटना सार्वजनिक भएको थियो ।
केही समयअघि भारत सिवान जिल्ला हुसैनगञ्ज क्षेत्रका हम्मर गाउँ निवासी लाल मोहम्मद मंसुरीको २० वर्षीय छोरा अमजद अलीले आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरे। उनलाई गाउँलेहरूले विश्वास गरे भने अमजद अली पाब्जी खेल खेल्ने क्रममा पराजयका कारण धेरै डिप्रेसनमा थिए र धेरै ठाउँहरूमा भन्थे कि म हारको बारेमा धेरै डिप्रेसनमा छु।
यसअघि कुर्लाका १८ वर्षीय नदिम कुरैसीले आत्महत्या गरे । आत्महत्याको कारण थियो पब्जी गेम । नदिमले अभिभावकलाई ठूलो स्क्रिनको मोबाइल किनिदिन आग्रह गरेका थिए । तर अभिभावकले माग पूरा सकेनन् ।
यस्तै भारत गुजरातमा २५ वर्षका युवकले आमाबुबालाई कुटपिट गरेका थिए । गेम खेलिरहेको अवस्थामा आमाबुबाले मोबाइल खोस्दा रिसाएका ती युवक अभिभावकमाथि जाइलागेका थिए ।
नेपालकै फुर्बा ग्याल्जेन शेर्पाका ६ वर्षका छोरा पब्जी खेल्दाखेल्दै बेहोस भए । बिहान खाटमा बस्दै पब्जी खेलिरहेका छोरालाई ४५ मिनेटपछि खाना खान बोलाउन जाँदा अचेत भेटिए । उनलाई तत्कालै अस्पताल लगियो । आधा घन्टापछि बालकको होस खुल्यो । होस खुलेपछि थाहा भयो उनी पब्जी प्लेनमा निकै माथि उडिरहेका थिए रे । प्लेनबाट हामफाल्दा ह्यान्डल गर्ने नसकेका ती बालकलाई मस्तिष्कमा असर परेको थियो ।
पब्जीको लतका यी केही उदाहरण हुन् । केही पब्जी खेल्नका लागि राम्रो र महँगो मोबाइल नपाएकोमा केहीले आत्महत्या गरेका छन् । यस्तै जागिर नभएर पब्जीमा फसेका देखि जागिर छाडेर पब्जी खेलमा व्यस्त भएका र परीक्षा दिन जान भुलेका घटना धेरे छन् ।
चीनीयाँ टेक्नोलोजी कम्पनी टेन्सेन्ट गेमले पब्जी बनाएको हो । कम्पनीले पहिलो आधा वर्षमा नै ३ अर्ब डलर आम्दानी गरेको थियो ।
पछिल्ला घटना सार्वजनिक भएसँगै पब्जीलाई प्रतिवन्ध लगाउन माग समेत भएको छ। एजेन्सी
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…