त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा भट्टराई नियुक्त ।

सन्ताेष गहतराज पाल्पा।पश्चिम क्षेत्रकाे शैक्षिक धराेहर त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा टंकप्रसाद भट्टराई नियुक्त भएका छन् । त्रिभवन विश्वविद्यालय कार्यकारी परिषदको निर्णय अनुसार ४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा भट्टराई नियुक्त भएका हुन् ।

साहित्य समालोचना दक्षता ,सरल प्रकृति भएका सहप्राध्यापक भट्टराई त्रिवि प्राध्यापक संघको केन्द्रीय सदस्य हुन् । प्रजातन्त्रवादी प्राध्यापक संघको इकाई अध्यक्ष भएर दुई कार्यकालसम्म नेतृत्व गरेका भट्टराईसँग विश्वविद्यालयको प्रशासनिक बाहेकका अन्य विभिन्न पदहरुमा बसेर नेतृत्व गरिसकेको अनुभव छ ।

२०२४ माघ २५ गते पाल्पाको वगनाशकाली गाउँपालिका–७ खानीगाउँमा जन्मिएका भट्टराई साहित्यमा विशेष दख्खल राख्ने व्यक्ति हुन् । २०४९ सालमा त्रिभुवन विश्वविद्यालयबाट नियुक्ति लिएका भट्टराई विभिन्न समयमा विभागीय प्रमुख समेत भएर काम गरिरकेका छन् । भट्टराई क्याम्पस प्रमुखमा नियुक्ति भएसँगै पश्चिम नेपालको चम्किलो ‘एजुकेसन हब’ त्रिभुवन बहुमुखी क्याम्पसको साख फर्काउने विश्वास गरिएकाे छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago