टोकियो ।जापानका तीन मुख्य कन्भिनियन्स स्टोर र अन्य खुद्रा विक्रेताहरुले प्लाष्टिकका शपिङ झोलाका लागि क्रेताहरुलाई १० येन सम्म तिराउने भएका छन् । जापानमा उत्पादन हुने प्लाष्टिकका फोहोर कम गर्न सरकारले जुलाई १ देखि देशभरका खुद्रा विक्रेताहरुलाई प्रयोग गरेपछि फाल्न मिल्ने प्लाष्टिकका झोलाका लागि शुल्क तिराउने व्यवस्था गरेकोले यस्तो भएको हो । जुलाई १ देखि लागू हुने गरी सेभेन इलाभेन , लसन र फ्यामिली मार्टले हरेक प्लाष्टिकका हरेक शपिङ झोलाका लागि ३ येन देखि ५ येनसम्म तिराउने भएका छन् । अन्य खुद्रा विक्रेताहरुले भने प्रति झोला १० येन तिराउनेछन् ।
सन् २०३० सम्ममा एक पटक प्रयोग गरेर फ्याकिने प्लाष्टिकका झोला २५ प्रतिशत कम गर्ने जापान सरकारको लक्ष्य रहेको छ । तर प्लाष्टिकका फोहोरमा प्लाष्टिकका झोलाको अनुपात त्यति धेरै नभएको बताइएको छ । यद्यपि , यसमा लगाइने शुल्कले यस समस्याबारे मानिसहरुलाई सचेत गराउने अपेक्षा गरिएको छ ।प्रतिव्यक्ति फोहोर उत्पादनमा जापान विश्वको तेस्रो ठूलो देश हो । हरेक वर्ष यहाँका उपभोक्ताहरुले करीब ३० अर्ब प्लाष्टिकका झोला फ्याक्छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…