७१ जिल्लामा कोरोना संक्रमण ६ जिल्ला संक्रमण रहित

पाल्पा । नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ६ जिल्ला भने संक्रमण रहित छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आइतबार साँझको तथ्यांक अनुसार देशका ७१ जिल्लामा ३ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ मा इलाम र ओखलढुंगा, प्रदेश ३ मा रसुवा, गण्डकी प्रदेशमा मनाङ, मुस्ताङ र कर्णाली प्रदेशको रुकुम पश्चिमका जिल्लाहरु रहेका छन् ।
संक्रमितमध्ये हालसम्म ४ सय ६७ जना उपचारपछि निको भइसकेका छन् । संक्रमण देखिएकामध्ये १३ जनाको भने मृत्यु भएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म २ लाख ४१ हजार २ सय ५४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ९६ हजार २ सय ५ जनाको पिसिआर र १ लाख ४५ हजार ४९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयको नियमित प्रेस ब्रीफिङ्गका क्रममा जानकारी दिईयो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago