Categories: साहित्य

रोशनी तिमी कहिल्लै नअस्ताउनु ल ।

रोशनी तिमी कहिल्लै नअस्ताउनु ल

दिनहरू अनौठो संग बितिरहेका थिए।साएद उसका मात्रै होइन सारा मानव जातिले यो कष्टका बिचबाट नयाँ अनुभव सहितको जीवन गुजारिरहेको छ्न।बाहिर   भित्र फेसबुक रेडियो पत्रीका जतासुकै कोरोना,कोरोना….यस्तै मात्रै सुन्न पाइन्थ्यो।हिडने डुल्ने त परै जाओस् अब त निद्रा र आफ्नै बिस्तारा देखि रिस उठने खालको बन्धक बसाइ।यो अपहरणकारीले गराएको बन्धक थिएन एकदुई जना मात्रै परेको बन्धक थिएन यो त आखाले नदेखिने भाइरसले गराएको बन्धक थियो।उ सोच्दै थियो कस्तो अचम्म के के दु:ख दिदैछ यो भाइरले अर्काेतिर सोच्दैथियो आकाश कति सफा छ।वाताबरण हराभरा चराहरुको चिरविर आबाज आहा!कति सुन्दर कति रमणीय।सायद यदि सुन्दर प्रकृति सायदै पहिलोपटक!

     उता रोग शोक भोकका खबर हरु थिय।दिनहुँजसो यति मरे उति मरे यति समातिए लाग्थ्यो तेस्रो बिश्वयुद्ध चलिरहेको छ।आफन्त बिदेशहुनेहरूले खबर बुझिरहेका हुन्थे आफ्ना प्रियजन हरुको चिन्ता र उनीहरुसंगको अघोषित बिछोडले पिरोलिइरहेका थिय।यता गरिबीले थिचेकाहरु झन महामारीले च्यापिएका थिय ।हुनेखानेहरु अनेकन डर बाट त्रसित हुँदै बाच्नका लागि अनेक सुत्र खोजिरहेका थिय ।कता कता लुट ,भ्रष्टाचार,मुल्यबृद्दी र कालोबजारीका गन्धहरु पनि आइरहेका थिय धत!यस्तो बेलामा पनि कस्तो नमिठो बास्ना आएको!                       

     बिहानभरको झरी पछि दिउँसो न्यानो घाम संगै खुलेको निलो आकाश ,हरियाली बाताबरण बस्ती। साझपख उसका आँखा डाडापारी डुब्न लागेको घाममा पुग्छ।घामका किरणहरु अर्थात रोशनी हरु उस्तै सुन्दर!हेर्दा हेर्दै उसले सम्झन्छ उसकी रोशनीलाई जसलाइ उसले धेरै पहिला देखेको थियो।तर उसका मनसपटलमा उसको उसको प्रतिबिम्बित जस्ताको तस्तै छापिएको छ।उसले त्यो अनुहार मोबाइलमा जुम गरेर फोटो हेरेजसरी मस्तिष्कमा जुम गर्छ।लाग्छ उ तेहि ओरिपरी छ! हेरिरहेको छ!फेरि झस्किदै मोबाइल हेर्छ फेसबुक खोल्छ।ए!म त आजभोलि यहाँ बाहेक कहि भेटदिन उनलाइ यहाँ बाहेक कहि बोल्न पाउदिन उनिसंग फेरि सम्झिन्छ साच्चै बोलेकै छैन है उ संग!किन नबोलाकी होला?फेरि उत्तर दिन्छ साच्चै बोलाउनलाइ पो म को होर उसको है! एतिकैमा उसका आँखा फेरि त्यही डुब्नै लागेको घामको रोशनी तिर पुग्छ्न अहो!घाम त डुबिसकेछ ती सुन्दर रोशनी हरु हराइसकेछन। फेरि अर्को बिहानी संगै आउने घामका रोशनी हरु पर्खदै भन्छ रोशनी तिमि कहिले पनि नडुब्नु ,नअस्ताउनु ल!निरन्तर ।  

लेखक: अङ्ग्रेजी साहित्यका विद्यार्थी पनि हुन ।  

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago