Categories: समाचार

रामपुरका नगर प्रमुख थापाले काठमाडौमा रहेका परिवारलाई राहत वितरण ।

सन्ताेष गहतराज , पाल्पा , बैशाख २५ , रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले काठमाण्डौँमा कोठा भाडामा बस्ने रामपुरका नागरिकलाई घर- घरमा पुगेर राहत वितरण गर्नुभएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणका लागि जारी लकडाउनले कोठा भाडामा बसेका नागरिकलाई नगर प्रमुख थापाले उनीहरु बसेको घरमा पुगेर राहत वितरण गर्नुभएको हो ।

काठमाण्डौँमा काम गर्दै आएका नागरिक जारी लकडाउनले साँझ बिहानको गुजारा चलाउन अप्ठ्यारोमा परेका ३३ घरपरिवारका ८५ सदस्यलाई राहत उपलब्ध गराइएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । पाल्पा- काठमाडौ सम्पर्क समाजले डाटा संकलन गरेको थियो । थापा स्वयंले पनि काठमाडौमा रहेकाहरु संगैका परिवारमा बुझेर लामो समयदेखिको लकडाउनका कारण समस्या भएका परिवारलाई सहयोग गर्नुभएको हो ।

दैनिक काम गर्न गरेर गुजारा चलाउनेहरु काम गर्न नपाएपछि बढी समस्यामा रहनुभएको छ,नगर प्रमुख थापाले भन्नुभयो-चोकमा चिया पकाएर, ठेलागाडामा मकै पोल्ने फलफुल बेचेर बस्नेको अबस्था हामी कल्पना गर्न समेत सक्दैनौ । गाउमा किन्न र खान समस्या छैन तर बजारमा किन्न नै नपाइने अवस्थाले परिवार संख्याको आधारमा राहत दिएका छौं उहाँले थप्न्नुभयो । काठमाण्डौँमा व्यापार, ज्यालादारी, कार्यालयमा काम गर्ने र उच्च शिक्षा लिन कोठा भाडा लिएर बसेका नगरबासीलाई राहत दिइएको छ ।

एक जना व्यक्तिलाई २५ किलो चामल, आधा लिटर खानेतेल, एक किलो दाल, आधा किलो स्वायाबिन, परिवारको दुई जना सदस्यलाई २५ किलो चामल, एक लिटर खानेतेल, दुई किलो दाल, आधा किलो स्वायाबिन वितरण गरिएको छ । त्यस्तै दुई जना भन्दा माथिका परिवारका सदस्यलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर खानेतेल, एक किलो स्वयाबिन लगायतका खाद्यान्न वितरण दिइएको पाल्पा काठमाडौ सम्पर्क समितिका सचिव अमृत अधिकारीले बताउनुभयो ।

यसैगरी नगरप्रमुख थापाले नगरपालिकाले काठमाण्डौँ लगायत विभिन्न ठाउँमा बसोबास गरेका रामपुरका नागरिक लकडाउनको समयमा घर जान चाहेकाको नाम टिपेको र जिल्ला प्रशासनले अनुमती नदिदा लान नसकिएको अनुमती पाए संगै लैजाने बताउनुभयो । नगरपालिकाले लकडाउन घोषणा भएकै दिन काठमाण्डौँमा बसोबास गरेका करिव एक सय ६८ नागरिकलाई निशुल्क सवारी साधनको व्यवस्था गरि रामपुर ल्याएको थियो । रामपुर क्षेत्रमा काम गर्ने बाहिरका मानिसको तथ्यांक लिएर निशुल्क रुपमा मजदुरलाई घर पुर्‍याएको थियो ।

काठमाडौ बाहेक बुटवल, पोखरा, चितवन लगायतका ठाउँमा रहेका रामपुरबासीका बारेमा सूची तयार पार्न लगाइएको छ ।ती ठाउँहरुमा पनि अत्यन्त संकटमा परेको कोही छ भने उनीहरुलाई पनि राहतको व्यवस्था गरिने जानकारी उहाले दिनुभयो । मेयर थापाले रामपुर नगरभित्र पनि समस्यामा परेकालाई राहत वितरण, लकडाउनको कार्यान्वयन, कोरोना सम्वन्धी जनचेतना, स्वास्थ्य परिक्षणलगायतका कार्य पनि तिव्रताका साथ भइरहेको बताउनुभयो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago