गण्डकी प्रदेश सरकारका योजना पुन: सञ्चालनमा ।

थम्मन थापा , बागलुङ , वैशाख २५ ।  कोरोना भाईरस कोभिड १९ को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेका बेला गत चैत ११ गते देखि देश लक डाउनमा छ । लक डाउनका कारण विकास निर्माणका पुर्वाधारहरु ठप्प भए । कोरोना संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लक डाउनका कारण स्थगित भएका विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६ / ०७७ को बजेट बाट गलकोट नगरपालिका वडा नं ७ मा विनियोजन गरेका  २ वटा योजनाहरु लक डाउनको नियम केहि परिमार्जन भएर विकास निर्माणका कामहरुलाई निरन्तरता दिने निर्णय सँगै सञ्चालनमा आएका छन । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको ४ कोठे पक्की भवनको निर्माण कार्य लक डाउन हुनु अगावै शुभारम्भ भएको थियो । यद्यपी लक डाउन सँगै झण्डै १ महिना निर्माण कार्य रोकिएको थियो । गलकोट नगरपालिका र वडा सरकारको समन्वयमा निर्माण कार्यले पुन: निरन्तरता पाएको गलकोट नगरपालिका वडा नं ७ का वडा अधक्ष सुवेदार टिका बहादुर थापाले बताए । विद्यालयको काम ठप्प हुँदा त्यहाँ काम गर्ने मजदुरलाई समेत समस्या परेपछि वडाले राहत समेत वितरण गरेको थियो । अहिले संघिय सरकारले विकास निर्माणका कामहरुलाई उच्च सतर्कता अपनाउँदै सामाजिक दुरी कायम गरि गर्न निर्देशन गरे सँगै निर्माण कार्य सञ्चालनमा आएको वडा अध्यक्ष थापाले उल्लेख गरे । चार कोठे भवनको भुइँतला ढलानपछि झ्याल ढोकाको चौकोस राख्न सुरु गरिएको छ । 

गत फागुनको अन्तिम साता भवनको पुनःनिर्माण शुभारम्भ गरिएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ७० लाख बजेटमा उक्त भवन पुनःनिर्माण हुन लागेको अध्यक्ष थापाले बताए । निर्माण कार्यमा सुर्खेतका ८ सहित स्थानीय मजदुरले काम गर्दै आईरहेका छन । लक डाउन सुरु भए पश्चात सुर्खेतकै केही मदजुर घर फर्केपछि केहि मजदुर त्यहाँ काम गर्दै आईरहेका छन । निर्माण सामग्रीको सहजीकरणमा गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुनःनिर्माण भइरहेको छ । सामाजिक दूरी कायम गर्ने, मजदुरलाई बाहिर आउजाउ गर्न नदिने सल्लाह अनुरुप अहिले काम भईरहेको छ । 

त्यस्तै गण्डकी प्रदेश भौतिक मन्त्रालय बाट आर्थिक वर्ष २०७६ / ०७७ मा विनियोजित रकम रु १ करोडको लागतमा मल्म पाण्डवखानी ढोरपाटन सडक स्तरोन्नति सँगै ग्राभेलको काम समेत पुन: सञ्चालनमा आएको छ । लक डाउन अगावै योजनाको काम निरन्तर चलिरहे पनि लक डाउन पछि झण्डै १ महिना काम रोकिएको थियो । अहिले सडकमा कटिङ गर्ने, पक्की नाली निर्माण, हिम पाईपहरु जडान, तारजाली, मेसिनरी वाल लगाउने लगायतका कामहरु भईरहेको ठेकेदार कम्पनी आरोग्य निर्माण सेवा गलकोटका सञ्चालक हुम थापाले जानकारी दिए । आगाँखेत देखि मल्म सानोखोला सम्म निर्माण कार्यले तिव्रता पाएको सञ्चालक थापाले बताए । सडकमा आवश्यक सामाग्री ढुवानीको लागि गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ । निर्माणको काम अब १ डेढ महिना भित्र सम्पन्न हुने गरि काम भईरहेको छ । उक्त सडकको गत वर्ष मध्य पहाडी लोकमार्गको मल्म आगाँखेत जिरो किमी देखि ओदाह सम्म झण्डै ८ सय मिटर पक्की नाली सहित ग्राभेल कार्य सम्पन्न गरिएको थियो ।

Thamman Thapa Sandesh

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago