कावासोती ६ मा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा बिपन्न परिवारलाई खाद्यान्न वितरण ।

नारायण प्रभु , २५ वैशाख नवलपुर । मोनिका श्रेस्ठ मेमोरियल ट्रस्ट नवलपुरले कावासोती ६ मा रहेका बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। दैनिक मजदुरी गरि गुजारा चलाउने१५१ बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो।ट्रस्टको सामाजिक कार्यमा हातेमालो गर्दै देशविदेशमा रहेका विभिन्न संघ संस्थाहरुले पनि सहयोग गरेका छन।

ट्रस्टलाई मनकारी समाज काठमाडौंका अध्यक्ष हिरा श्रेष्ठ मार्फत चामल प्राप्त भएको छ भने लण्डन निवासी ह्युमन रिसोर्स (निम्बस)का डाइरेक्टर निरज शर्मा गौलीबाट रु. ५१,०००,पाल्पा मल्याङ घर भै हाल कतारमा कार्यरत जनसम्पर्क समिति कतारका अध्यक्ष शंकर न्यौपानेबाट रु.३०,०००, र लेखनाथ नगरपालिका कास्की घर भै हाल कतारमा कार्यरत जनसम्पर्क समितिका सल्लाहकार बिमल सुबेदीबाट रु.१०,००० प्राप्त भएको छ। विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ(सबिना)कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो। 

ट्रस्टले अहिले सम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको छ भने अहिले लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो। सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती ६ बिष्णुनगरमा बितरण गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व  सभापति तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साल, नेपाल प्रेस युनियनका केन्द्रीय सचिब खिला कार्की,नेपाल प्रेस युनियनका केन्द्रीय सचिब के.वि. राना, नेपाल प्रेस युनियनका जिल्ला सचिब आशिष रेग्मी, सदस्य राज चापागाईं, वडाध्यक्ष हेम प्रसाद पाण्डे,श्याम श्रेष्ठ,झबिन्द्र काफ्ले लगाएतको उपस्थित रहेको थियो। कार्यक्रममा ट्रस्टको बारेमा जानकारी गराउदै सदस्य आस्था श्रेष्ठले लकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने ट्रस्टका संरक्षक लालचन श्रेष्ठलाई ९८५७०४०८९०मा जानकारी गराई सहयोग लिन सकिने जानकारी गराउनु भएको छ।साथै यस संस्थामा सहयोग गर्न चाहनेले पनि उक्त नम्बरमा सम्पर्क गर्न सकिने उहाँले जानकारी गराउनु भयो।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago