कावासोती ६ मा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा बिपन्न परिवारलाई खाद्यान्न वितरण ।

नारायण प्रभु , २५ वैशाख नवलपुर । मोनिका श्रेस्ठ मेमोरियल ट्रस्ट नवलपुरले कावासोती ६ मा रहेका बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। दैनिक मजदुरी गरि गुजारा चलाउने१५१ बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो।ट्रस्टको सामाजिक कार्यमा हातेमालो गर्दै देशविदेशमा रहेका विभिन्न संघ संस्थाहरुले पनि सहयोग गरेका छन।

ट्रस्टलाई मनकारी समाज काठमाडौंका अध्यक्ष हिरा श्रेष्ठ मार्फत चामल प्राप्त भएको छ भने लण्डन निवासी ह्युमन रिसोर्स (निम्बस)का डाइरेक्टर निरज शर्मा गौलीबाट रु. ५१,०००,पाल्पा मल्याङ घर भै हाल कतारमा कार्यरत जनसम्पर्क समिति कतारका अध्यक्ष शंकर न्यौपानेबाट रु.३०,०००, र लेखनाथ नगरपालिका कास्की घर भै हाल कतारमा कार्यरत जनसम्पर्क समितिका सल्लाहकार बिमल सुबेदीबाट रु.१०,००० प्राप्त भएको छ। विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ(सबिना)कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो। 

ट्रस्टले अहिले सम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको छ भने अहिले लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो। सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती ६ बिष्णुनगरमा बितरण गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व  सभापति तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साल, नेपाल प्रेस युनियनका केन्द्रीय सचिब खिला कार्की,नेपाल प्रेस युनियनका केन्द्रीय सचिब के.वि. राना, नेपाल प्रेस युनियनका जिल्ला सचिब आशिष रेग्मी, सदस्य राज चापागाईं, वडाध्यक्ष हेम प्रसाद पाण्डे,श्याम श्रेष्ठ,झबिन्द्र काफ्ले लगाएतको उपस्थित रहेको थियो। कार्यक्रममा ट्रस्टको बारेमा जानकारी गराउदै सदस्य आस्था श्रेष्ठले लकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने ट्रस्टका संरक्षक लालचन श्रेष्ठलाई ९८५७०४०८९०मा जानकारी गराई सहयोग लिन सकिने जानकारी गराउनु भएको छ।साथै यस संस्थामा सहयोग गर्न चाहनेले पनि उक्त नम्बरमा सम्पर्क गर्न सकिने उहाँले जानकारी गराउनु भयो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago