सन्तोष गहतराज ,पाल्पा , बैशाख २५ । तानसेन वडा २ का विपन्न तथा दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । नेपाली काँग्रेस वडा समितिबाट संकलित रकम नेपाल तरुणदल तानसेन नगरको व्यवस्थापन, तरुणदल वडाको आयोजनामा राहत स्वरुप खाद्यन्न वितरण गरिएको हो । विश्वभर फैलिरहेको कोरोना भाइरस सक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी राखेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारका बच्चालाई लिटो र परिवारलाई खाद्यन्न वितरण गरेको तरुणदल वडाले जनाएको छ ।
काँग्रेसले सामाजिक दुरी कायम गर्दै वडामा रहेका दैनिक ज्याला मजदुरी गरी जीवीकोपार्जन गर्दै आएका ३५ घर परिवारलाई १० किलो चामल, १ लिटर तेल, १ किलो दाल, १ किलो आलु, प्याज, तरकारी र ३३ जना बच्चाहरुलाई २र२ पोकाका दरले लिटो वितरण गरेको थियो । विपन्न वर्गको वडा कार्यालयले तथ्याङ्क संकलन गरेको थियो । सोही तथ्याङ्कका आधारमा तरुणदलले राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवालाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने पाल्पा काँग्रेसको अभियानलाई वडा काँग्रेस र तरुणदलले आत्मसाथ गर्दै सहयोग गरेकोमा धन्यवाद दिर्दै कामको प्रशंसा गरे ।
उनले जिल्लामा राहत वितरणका नाममा नागरिकलाई विभेद गरिएको प्रति आपत्ति जनाउँदै वास्तविक वर्गको पहिचान गरी राहत वितरण गर्न स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका छन् । नेपाली काँग्रेसका महासमिती सदस्य हिमालदत्त श्रेष्ठले संकटका बेला हरेक नागरिकको साथमा काँग्रेस रहेको बताए । उनले भने ‘यतिबेला कोरोना महामारीका कारण देश संकटमा परेको छ, विपन्न वर्गका नागरिकको घरमा चुलो बाल्न कठिन भएको छ,यो कठिन र विषम परिस्थितीमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने समय हो ।’
विपन्न नागरिकको उत्थानका लागि वडाको सिंङ्गो काँग्रेस, तरुणदल र नारायण युवा क्लवका युवाहरुले देखाएको सक्रियता अत्यन्त प्रशसनिय रहेको महासमिति सदस्य श्रेष्ठले बताए । काँग्रेसले वडामा रहेका वास्तविक विपन्न वर्गको पहिचान गरी राहत वितरण गरेकोमा वडा अध्यक्ष बरुणप्रसाद रेग्मीले धन्यवाद दिए । काँग्रेसका वडा अध्यक्ष बंकीङ्ग चन्द्र खनालले लकडाउनका कारण लामो समय काम गर्न नपाउँदा विपन्न परिवार भोकै बस्नुपर्ने अवस्था आएकाले राहत स्वरुप खाद्यान्न वितरण गरिएको बताए । राहत वितरणको कार्यक्रम नेपाल तरुणदल तानसेन नगरका सभापति विनायक महर्जनले गरेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…